बलिदानी दिवस : मधेश प्रदेश सरकारले सहिद परिवारका सदस्यलाई तीन करोड ६१ लाख दिने घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ५, २०८१
|
|
४४ पटक हेरिएको
Shares
बलिदानी दिवस : मधेश प्रदेश सरकारले सहिद परिवारका सदस्यलाई तीन करोड ६१ लाख दिने घोषणा

सारांश

  • मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई ३ करोड ६१ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
  • विगत सात वर्षदेखि माघ ५ गते मधेश प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।
  • सोही क्रमलाई निरन्तरता दिँदै गृह सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानको आयोजनामा मधेश प्रदेश सरकारले शनिबार जनकपुरधाममा बलिदानी दिवस मनाएको छ ।

जनकपुर । मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई ३ करोड ६१ लाख रुपैयाँ दिने घोषणा गरेको छ । विगत सात वर्षदेखि माघ ५ गते मधेश प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ । सोही क्रमलाई निरन्तरता दिँदै गृह सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानको आयोजनामा मधेश प्रदेश सरकारले शनिबार जनकपुरधाममा बलिदानी दिवस मनाएको छ ।

मधेश ओन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको सम्झना र सम्मानमा यो दिवस मधेश प्रदेश सरकारलगायत मधेशवादी दल र नेताहरुले मनाउँदै आएका छन् । कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीस कुमार सिंहले प्रदेशका आठवटै जिल्लाबाट आएका सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै नगद सहयोग गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री सिंहले सहिद भएका ६३ जना परिवारलाई ३ लाख रुपैयाँ प्रति परिवार, ४७ जना सख्त घाईते भएकालाई २ लाख रुपैयाँ, ३६ जना मध्यम अवस्थाको घाईते भएकालाई १ लाख ५० हजार हजार र २४ जना साधारण घाईते भएकालाई १ लाख रुपैयाँ जनही गरी कुल ३ करोड ६१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

मुख्यमन्त्री सिंहले आज शनिबार भएका कारणले रकम हस्तान्तरण गर्न ढिलाई भएको र भोलि बैंक खुलेपछि बैंक खातामै रकम जानेगरी व्यवस्था मिलाउने जानकारी दिए । त्यस्तै उनले सहिद परिवारका सदस्यहरुका लागि बिमा कार्यक्रम, छोराछोरीका लागि छात्रवृति लगायतका सुविधा यसै वर्षदेखि सुरु गर्न लागेका बताए । मुख्यमन्त्री सिंहले सहिद परिवारका सदस्यहरुको व्यवस्थापनका लागि रोड म्याप तयार गरेर रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका सेवा सुविधा दिने प्रतिबद्धता जाहेर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन
विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
राष्ट्रपतिले गर्ने दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
राष्ट्रपतिले गर्ने दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
संविधानलाई धेरै नचलाई चुनावको घोषणा गरिएको छ, तोकिएकै समयमा हुनुपर्छ: शेखर कोइराला
संविधानलाई धेरै नचलाई चुनावको घोषणा गरिएको छ, तोकिएकै समयमा हुनुपर्छ: शेखर कोइराला