सेयर बजारमा दोहोरो अंकको गिरावट,९ अर्बको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
सेयर बजारमा दोहोरो अंकको गिरावट,९ अर्बको कारोबार

सारांश

  • साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।
  • नेप्से परिसूचक ११.
  • ०६ अंकले घटेर २६२९.

२५ जेठ, काठमाडौं ।

साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा अडिएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा अडिएको थियो। सो दिन ७ अर्ब ९७ करोड बराबर मूल्यको सेयर कारोबार भएको थियो।

यसदिन ३१३ स्क्रिप्सको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर ९ अर्ब १३ करोड ७४ लाख  १४ हजार ९१८ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिभर फल्स र पियोर इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। चिलिमे हाइड्रोपावर र  छ्यांदी हाइड्रोपावरको सेयर ८:०१ /८:०१ अंकले बढ्दा  हिमालयन पावरको ७.९५ प्रतिशतले बढ्यो। यसदिन ओम मेघाश्री फरमाक्युटिकल्सका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा राधी विद्युत शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७२ करोड ९५ लाख मूल्य बराबरको सेयर कारोबार भयो। युनिभर्सल पावरले ६२ करोडको सेयर कारोबार गर्दा नगदी ग्रुपको ६१ करोड,बुटवल पावरको ४४ करोड र सानिमा माइ हाइड्रोपावरको ४४ करोडको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ८६ वटा स्टक्सको मूल्य बढ्दा १६२ वटाको घटयो। दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। होटेल्स एण्ड टुरिजम र हाइड्रोपावरको उपसूचक सकारात्मक देखिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो, तीन महिनामा १४ जनाको मृत्यु
डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो, तीन महिनामा १४ जनाको मृत्यु
काठमाडौँ उपत्यकामा बाढी-पहिरोमा परेर २१ जनाको मृत्यु
काठमाडौँ उपत्यकामा बाढी-पहिरोमा परेर २१ जनाको मृत्यु
घण्टी बजाउँदै पुनः पार्टीको जिम्मेवारीमा फर्किए सभापति रवि लामिछाने
घण्टी बजाउँदै पुनः पार्टीको जिम्मेवारीमा फर्किए सभापति रवि लामिछाने
एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली
एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली
आज देश नसोचेको अवस्थामा पुगेको छ, मेरोभन्दा देशको बारेमा सोच्नुहोला: तोसिमा कार्की
आज देश नसोचेको अवस्थामा पुगेको छ, मेरोभन्दा देशको बारेमा सोच्नुहोला: तोसिमा कार्की
संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र
नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र
सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प
सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प
नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन
नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन