वृद्ध हत्याको आरोपमा काठमाडौंबाट १ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २३, २०८१
|
|
२६ पटक हेरिएको
Shares
वृद्ध हत्याको आरोपमा काठमाडौंबाट १ जना पक्राउ

सारांश

  • दोलखामा ७७ वर्षीय वृद्धको हत्या गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–१ घर भएका ५० वर्षीय गणेश घिमिरे छन्।
  • उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार बिहान हाँडीगाउँबाट पक्राउ गरेको हो ।

काठमाडौं । दोलखामा ७७ वर्षीय वृद्धको हत्या गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–१ घर भएका ५० वर्षीय गणेश घिमिरे छन्।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार बिहान हाँडीगाउँबाट पक्राउ गरेको हो । घिमिरेले २० जेठमा दोलखा भिमेश्वर–१ का ७७ वर्षीय झिलकबहादुर विश्वकर्माको हत्या गरेको आरोप लागेको छ । घर नजिकैको मकैबारीमा विश्वकर्माको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?