१२ श्रावण २०८२, आईतवार

गाडीको ठक्करबाट तिलोत्तमामा एक जनाको मृत्यु

 

२८ भदौ , बुटवल भैरहवा ६ लेन सडकखण्डको तिलोत्तमा ५ शंकरपुरचोकमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। Worldlink adsबुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५२ प ९५६० नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ च १९८० नम्बरको छोटा हात्ती गाडीले पछाडिबाट ठक्कर दिएर उक्त दुर्घटना भएको थियो।  दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार तिलोत्तमा नगरपालिका ७ सेमरा बजार निवासी ६८ वर्षीय तेज बहादुर गुरूङको मृत्यु भएको हो। शुक्रबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका गुरूङको उपचारका क्रममा क्रिमसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक तेज बहादुरको शवलाई पोष्टमर्टमका लागि हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। सोही दुर्घटनामा परी मोटरसाइकल चालक तिलोत्तमा वडा नं. १० नमूना स्कुल बस्ने ६४ वर्षीय लिलबहादुर कामु मगर घाइते भएका छन्। घाइतेको क्रिमसन अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ। प्रहरीले ठक्कर दिने गाडी र चालक पाल्पा रिब्दिकोट ६ बस्ने ३२ वर्षीय यमबहादुर गाहालाई नियन्त्रणमा लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment