२६ जेष्ठ २०८२, आईतवार

चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु

१६ भदौ, चितवन । चितवनको माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी नगरपालिका-१ शिकारीपुरमा चट्याङ लागेर ५० बर्षीया सरस्वती महतोको मृत्यु भएको हो । गोठमा भैंसीलाई कुडो खुवाउन गएका बेला उनलाई चट्याङ लागेको थियो । महतोको टाउको, ढाड, खुट्टा र शरीरका अन्य भाग जलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment