ड्रोन, सीसीटीभी र गोप्रो क्यामेराबाट आजको प्रदर्शनको निगरानी गर्दै प्रहरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
१७ पटक हेरिएको
Shares
ड्रोन, सीसीटीभी र गोप्रो क्यामेराबाट आजको प्रदर्शनको निगरानी गर्दै प्रहरी

सारांश

  • आज मङ्गलबार २६ चैतका दिन राजधानीमा राप्रपा लगायतका राजतन्त्र समर्थकहरूले गर्ने प्रदर्शनको निगरानीका लागि प्रहरीले प्रविधिको सहयोग लिने भएको छ ।
  • बल्खु लगायतका स्थानमा राजतन्त्र पुनर्स्थापना गर्ने माग सहित हुने प्रदर्शनको निगरानीमा ड्रोन, सीसीटीभी क्यामेरा र गोप्रो क्यामेरा प्रयोग गरिने भएका हुन् ।
  • काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराले आवश्यकता अनुसार ड्रोनहरू उडाएर प्रदर्शनका क्रममा हुने गतिविधिको निगरानी गरिने बताए ।

काठमाडौँ । आज मङ्गलबार २६ चैतका दिन राजधानीमा राप्रपा लगायतका राजतन्त्र समर्थकहरूले गर्ने प्रदर्शनको निगरानीका लागि प्रहरीले प्रविधिको सहयोग लिने भएको छ । बल्खु लगायतका स्थानमा राजतन्त्र पुनर्स्थापना गर्ने माग सहित हुने प्रदर्शनको निगरानीमा ड्रोन, सीसीटीभी क्यामेरा र गोप्रो क्यामेरा प्रयोग गरिने भएका हुन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराले आवश्यकता अनुसार ड्रोनहरू उडाएर प्रदर्शनका क्रममा हुने गतिविधिको निगरानी गरिने बताए । “ड्रोनका साथै सीसीटीभी क्यामेरा र गोप्रो क्यामेराबाट पनि निगरानी बढाइनेछ,” टेकपानासँगको कुराकानीमा उनले भने, “गोप्रो क्यामेरा प्रत्यक्ष रूपमा खटिने प्रहरी कर्मचारी तथा अधिकारीहरूको शरीरमा रहनेछ ।” यसअघि भृकुटी मण्डपमा गर्ने भनिएको सो प्रदर्शन जिल्ला प्रशासन कार्यालयले बल्खुका लागि तोकिदिएको थियो ।

सोही अनुसार आज राप्रपा सहितका राजावादी समूहले प्रदर्शनको आयोजना गरेका हुन् । गएको १५ चैतमा राजधानीको तीनकुने, कोटेश्वर क्षेत्रमा आयोजित राजावादी प्रदर्शनका क्रममा दुई जनाको ज्यान जानुका साथै निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी तथा लुटपाटका घटना भएका थिए । सोही किसिमकव अराजकता दोहोरिन नदिन प्रहरीले सतर्कता अपनाउँदै निगरानी बढाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल तिर्नुपर्ने भएपछि भारतीय सीमावर्ती क्षेत्रमा घट्यो चहलपहल
सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल तिर्नुपर्ने भएपछि भारतीय सीमावर्ती क्षेत्रमा घट्यो चहलपहल
विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक
विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
एकैदिन तोलाको ७५ सय घट्यो सुन
एकैदिन तोलाको ७५ सय घट्यो सुन
आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा
आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा
इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक जना पक्राउ
इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक जना पक्राउ
आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट अब मधेसी जनताको मुक्ति सम्भव छैन : प्रचण्ड
आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट अब मधेसी जनताको मुक्ति सम्भव छैन : प्रचण्ड
चैत १५ गते काठमाडौँमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल
चैत १५ गते काठमाडौँमा ठुलो सङ्ख्यामा आउन पर्सावासीलाई प्रचण्डको अपिल
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
नेपाली भूमिमा प्रवेश गरेर एसएसबीको ज्यादती, नेपाली युवकको खुट्टा गुम्यो
नेपाली भूमिमा प्रवेश गरेर एसएसबीको ज्यादती, नेपाली युवकको खुट्टा गुम्यो