११ श्रावण २०८२, शनिबार

पूर्वी नवलपरासीमा ४४ जनालाई डेंगी संक्रमण

 

१४ भदौ , पूर्वी नवलपरासी — भदौ दोस्रो सातासम्म पूर्वी नवलपरासीका ४४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत डिल्लीराम तिवारीका अनुसार यहाँका ८ वटा पालिकाका १९ महिलासहित ४४ जनामा डेंगी संक्रमण भएको हो । कावासोतीमा १० जना , विनयी त्रिवेणीमा ८ जना, हुप्सेकोट गाउँपालिकामा ९ जनामा डेंगी संक्रमण भएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी बुलिंटारमा १ जना,, मध्यबिन्दु नगरपालिकामा ५ जना, गैंडाकोट नगरपालिकामा ७ जना र देवचुली नगरपालिकाका ४ जनामा डेंगी संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?