बाघको आक्रमणबाट पर्सामा ६० वर्षीय वृद्धको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ८, २०८१
|
|
८७ पटक हेरिएको
Shares
बाघको आक्रमणबाट पर्सामा ६० वर्षीय वृद्धको मृत्यु

सारांश

  • बाघको आक्रमणमा परी पर्साको जिराभवानी गाउँपालिकामा एक वृद्धको मृत्यु भएको छ ।
  • गाउँपालिकाको वडा नम्बर ५ शङ्कर सरैयाको सखुवनिया निवासी ६० वर्षीय तुलसी राउत थारुको मृत्यु भएको हो ।
  •  इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका अनुसार बाघको आक्रमणमा परी थारुको हिजो मृत्यु भएको हो ।

८ भदौ , वीरगन्ज । बाघको आक्रमणमा परी पर्साको जिराभवानी गाउँपालिकामा एक वृद्धको मृत्यु भएको छ ।गाउँपालिकाको वडा नम्बर ५ शङ्कर सरैयाको सखुवनिया निवासी ६० वर्षीय तुलसी राउत थारुको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका अनुसार बाघको आक्रमणमा परी थारुको हिजो मृत्यु भएको हो ।  गाउँ नजिकैको जङ्गलमा शुक्रबार अपराह्न घाँस काट्न गएको बेला बाघको आक्रमणमा परी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढा थापाले बताए उनका अनुसार परिवारजनले थारु हिजो देखि हराएको प्रहरीमा खबर गरेका थिए । त्यस क्रममा प्रहरी र स्थानीय मिलेर संयुक्तरुपमा खोजविन गर्दा शनिबार बिहान थारु मृत अवस्थामा नजिकैको जङ्गलमा फेला परेका थिए । एउटा हात र एउटा खुट्टा नभएको अवस्थामा उनको शव फेला परेको थियो । घटनास्थलको मुचुल्का उठाएर शव परीक्षण (पोस्टमार्टम)का लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरीको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने
रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने
मुख्यमन्त्री बानियाँद्वारा बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन
मुख्यमन्त्री बानियाँद्वारा बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन
केरुङमा फसेका २०३ नेपालीको १५ दिनपछि उद्धार
केरुङमा फसेका २०३ नेपालीको १५ दिनपछि उद्धार
सहकारी ठगको सम्पत्ति र राहादानी रोक्का राखिने
सहकारी ठगको सम्पत्ति र राहादानी रोक्का राखिने
बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा
बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
एनसेल कार्यालय पुगे सञ्चारमन्त्री खरेल, जेनजी लक्षित प्याकसँगै १ करोड छात्रवृत्ति ल्याउने तयारी
किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई
पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई