बाघको आक्रमणबाट पर्सामा ६० वर्षीय वृद्धको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ८, २०८१
|
|
१३२ पटक हेरिएको
Shares
बाघको आक्रमणबाट पर्सामा ६० वर्षीय वृद्धको मृत्यु

सारांश

  • बाघको आक्रमणमा परी पर्साको जिराभवानी गाउँपालिकामा एक वृद्धको मृत्यु भएको छ ।
  • गाउँपालिकाको वडा नम्बर ५ शङ्कर सरैयाको सखुवनिया निवासी ६० वर्षीय तुलसी राउत थारुको मृत्यु भएको हो ।
  •  इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका अनुसार बाघको आक्रमणमा परी थारुको हिजो मृत्यु भएको हो ।

८ भदौ , वीरगन्ज । बाघको आक्रमणमा परी पर्साको जिराभवानी गाउँपालिकामा एक वृद्धको मृत्यु भएको छ ।गाउँपालिकाको वडा नम्बर ५ शङ्कर सरैयाको सखुवनिया निवासी ६० वर्षीय तुलसी राउत थारुको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका अनुसार बाघको आक्रमणमा परी थारुको हिजो मृत्यु भएको हो ।  गाउँ नजिकैको जङ्गलमा शुक्रबार अपराह्न घाँस काट्न गएको बेला बाघको आक्रमणमा परी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढा थापाले बताए उनका अनुसार परिवारजनले थारु हिजो देखि हराएको प्रहरीमा खबर गरेका थिए । त्यस क्रममा प्रहरी र स्थानीय मिलेर संयुक्तरुपमा खोजविन गर्दा शनिबार बिहान थारु मृत अवस्थामा नजिकैको जङ्गलमा फेला परेका थिए । एउटा हात र एउटा खुट्टा नभएको अवस्थामा उनको शव फेला परेको थियो । घटनास्थलको मुचुल्का उठाएर शव परीक्षण (पोस्टमार्टम)का लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरीको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याङ्जाको कृषक समूहले बेच्यो ८७ लाखको सुन्तला
स्याङ्जाको कृषक समूहले बेच्यो ८७ लाखको सुन्तला
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी
एमाले संसदीय दलको बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
गृहमन्त्री महतोद्वारा प्रादेशिक अस्पतालको छड्के अनुगमन
गृहमन्त्री महतोद्वारा प्रादेशिक अस्पतालको छड्के अनुगमन
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो
घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ११ जनाको मृ*त्यु, ४१ घाइते
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ११ जनाको मृ*त्यु, ४१ घाइते
हावा भर्ने क्रममा गाडीको टायर पड्किँदा एक जनाको मृत्यु छ जना घाइ
हावा भर्ने क्रममा गाडीको टायर पड्किँदा एक जनाको मृत्यु छ जना घाइ
मोरङ: मृत अवस्थामा भेटिएका दुई बालिकाको आमा पाँच दिनपछि फेला परिन्
मोरङ: मृत अवस्थामा भेटिएका दुई बालिकाको आमा पाँच दिनपछि फेला परिन्
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...