११ श्रावण २०८२, शनिबार

भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु हुने चार नेपालीको पहिचान खुल्यो

 

७ भदौ ,  भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएकाहरुको सनाखत भएको छ ।

दिल्लीस्थित नेपाली दुतावासका अनुसार मृत्यु हुनेमा १ जना दैलेखका र ३ जना चितवनका नागरिक छन् । सडकछेउमा छाप्रो बनाएर बसेका उनीहरुलाई पहिरोले पुरेको हो । दुतावासका काउन्सलर उमाप्रसाद चतुर्वेदीका अनुसार चितवनको माडीका पुर्ण नेपाली, किसन परीयार र तुल बहादुर परीयार तथा दैलेखका दिपक बुढाको पहिरोमा परी मृत्यु भएको हो । बुढाको पुर्ण ठेगाना खुलेको छैन । उनीहरु चारै जना एउटै घरमा बस्दै आएका थिए ।

चतुर्वेदीका अनुसार उनीहरु चारै जना डेढ महिनाअघि मात्रै डकर्मीको काम गर्न केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पुगेका थिए । मृतक चारै जनाको शव रुद्रप्रयाग स्थित सरकारी अस्पतालमा राखिएको छ । बिहीबार राती रुद्रप्रयागबाट ८० किलोमिटर टाढा केदारनाथ जाने बाटोमा फाटा नजिकै पहिरोमा परी ४ जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

Post Comment

छुटाउनुभयो कि ?