त्रिविमा सुरक्षा व्यवस्था मिलाउन शिक्षामन्त्रीको माग
५ भदौ, काठमाडौं। शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् ।
केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन् । मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुरक्षाबारे बाध्य भएर सामाजिक सञ्जालमा लेख्नुपरेको समेत बताएकी छिन् । उनले लेखेकी छिन्– ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्कि दिने गरेका कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रवन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान




Post Comment