११ श्रावण २०८२, शनिबार

गएको आर्थिक वर्षमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

 

२ भदौ , काठमाण्डाै – गएको आर्थिक वर्ष २०८०/८१ मा झन्डै साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिट्यान्स साढे १६ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा पनि रेमिट्यान्स साढे १४ प्रतिशतले बढेर १० अर्ब ८६ करोड डलर पुगेको छ ।

रेमिट्यान्स बढे पनि श्रमका लागि विदेश जाने नेपालीको सङ्ख्या भने सामान्य घटेको छ । गएको आर्थिक वर्षमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३७ हजार जनाले घटेर चार लाख ६० हजार एक सय जनामा झरेको छ । यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने चार जनाले बढेर दुई लाख ८१ हजार दुई जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?