अब लाइसेन्स बोक्न नपर्ने, राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ३०, २०८१
|
|
३० पटक हेरिएको
Shares
अब लाइसेन्स बोक्न नपर्ने, राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै

सारांश

  • त्यसका लागि सवारी चालकले राष्ट्रिय परिचयपत्र वा नम्बर भनेका आधारमा ट्राफिक प्रहरीले लाइसेन्स भए/नभएकोबारे पत्ता लगाउने छ ।
  •  त्यसका लागि लाइसेन्स बोकेर हिँड्न नपर्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।
  • ‘लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्न गृह मन्त्रालयले निर्णय गरेर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी-पत्रमा हस्ताक्षर (एमओयू) हुँदै छ,’ उनले भने, ‘त्यही एमओयूमा लाइसेन्सको प्रयोग सम्बन्धी व्यवस्थाहरु उल्लेख हुने छन् ।

 

३० साउन, काठमाडौँ — सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को सट्टा अब राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ ।

त्यसका लागि सवारी चालकले राष्ट्रिय परिचयपत्र वा नम्बर भनेका आधारमा ट्राफिक प्रहरीले लाइसेन्स भए/नभएकोबारे पत्ता लगाउने छ । त्यसका लागि लाइसेन्स बोकेर हिँड्न नपर्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । ‘लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्न गृह मन्त्रालयले निर्णय गरेर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी-पत्रमा हस्ताक्षर (एमओयू) हुँदै छ,’ उनले भने, ‘त्यही एमओयूमा लाइसेन्सको प्रयोग सम्बन्धी व्यवस्थाहरु उल्लेख हुने छन् ।’

राष्ट्रिय परिचयपत्रबाटै नागरिकहरुले लाइसेन्सको सेवा लिन सक्ने उनको भनाइ छ । ‘यसका लागि दुवै विभागले आपसी सहकार्य र समन्वयमा प्रणाली (सिस्टम) को विकास गर्ने छन्,’ उनले भने, ‘राष्ट्रिय परिचयपत्र नम्बर वा छुट्टै जारी गरिएको क्यूआर कोडमार्फत लाइसेन्स हेर्न मिल्ने सिस्टमको स्थापना, परिक्षण र सञ्चालन गरिने छ ।’ यसको तयारी भइसकेको उनको दाबी छ ।

यसरी लाइसेन्स चेक गर्नका लागि आवश्यक पर्ने मोबाइल डिभाइसहरू किन्दै लगिने महानिर्देशक रिजालले बताए । ‘डिभाइस किन्नका लागि प्रदेश मन्त्रायहरूसँग पनि कुरा गरिने छ,’ उनले भने, ‘गृह सचिवले सार्वजनिक यातायात प्राधिकरणमा केही बजेट रहेको र त्यसबाट किन्न सकिने बताउनु भएको छ ।’ यो लागू गर्नेबारे पनि समिति गठन गरिएको छ । सबै कुरा त्यही समितिले हेर्ने उनले सुनाए । ‘सफ्टवेयर बनिसकेको छ,यसमा डिभाइस किन्नु पर्ने छ,’ उनले भने, ‘प्रदेश यातायात मन्त्रालयका मन्त्री र सचिवहरूसँग केही भित्र नै विभागले छलफल गर्दै छ, त्यो बेला पनि मोबाइल डिभाइस किन्नेबारे कुरा उठाइने छ ।’

अहिले सबै प्रक्रिया पूरा गरिसकेका १६ लाख सेवाग्राहीको लाइसेन्स प्रिन्ट हुन बाँकी छ । ‘अब १६ लाख सेवाग्राहीको मात्र कुरा भएन, ५६ लाख लाइसेन्स प्रयोगकर्ताहरूको कुरा हो,’ उनले भने, ‘त्यसैले अब राजश्व तिरेको चिर्कटो बोकेर हिँड्न पर्दैन, राष्ट्रिय परिचय पत्र देखाएमा वा नम्बर भने मात्र पुग्ने छ ।’ ट्राफिक प्रहरीलाई लाइसेन्स परीक्षण गर्ने मोबाइल डिभाइस उपलब्ध हुनसाथ यो नियम लागू हुने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगन्जमा एकैदिन एक सय ६ जना हैजा संक्रमित थपिए,संक्रमितको संख्या पाँच सय २८ पुग्यो,
वीरगन्जमा एकैदिन एक सय ६ जना हैजा संक्रमित थपिए,संक्रमितको संख्या पाँच सय २८ पुग्यो,
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
कोलकत्ता चिकित्सक बलात्कार–हत्या घटना : आरोपीलाई आजीवन कारावासको सजाय
कोलकत्ता चिकित्सक बलात्कार–हत्या घटना : आरोपीलाई आजीवन कारावासको सजाय
प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला
प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला
प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्षबीच जंगी अड्डामा भेटवार्ता
प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्षबीच जंगी अड्डामा भेटवार्ता
३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री
३ करोडसम्मका योजना प्रदेश र स्थानीय तहले नै कार्यान्वयन गर्ने हो : प्रधानमन्त्री
माओवादी पार्टीमा प्रवेश गर्दै पूर्व सांसद प्रमोद साह
माओवादी पार्टीमा प्रवेश गर्दै पूर्व सांसद प्रमोद साह
प्रहरीको घेरा तोड्दै कार्यकक्षमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत, गुरागाईं
प्रहरीको घेरा तोड्दै कार्यकक्षमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत, गुरागाईं
हिजो समातिएका पालिका अध्यक्ष आज रिहा
हिजो समातिएका पालिका अध्यक्ष आज रिहा