बारामा रुखको हाँगो बाट एक युवती को मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ३०, २०८१
|
|
४४ पटक हेरिएको
Shares
बारामा रुखको हाँगो बाट एक युवती को मृत्यु

सारांश

  • दुर्घटनामा अन्य दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
  •   मंगलबार दिउँसो निजगढ नगरपालिका– ११ स्थित भित्री सडकमा भुरकुट जातको रुखको हाँगा भाँचिएर लाग्दा मोटरसाइकलमा सवार तीन जना घाइते थिए।
  •   निजगढ नगरपालिका– १० स्थित लालगाउँबाट रतनपुर जाँदै गरेको प्र२–०२–०१७ प ९६३५ नम्बरको मोटरसाइकलमाथि रुखको हाँगो बजारिँदा घटना भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए।

३० साउन, बारामा सडकमा गुडिरहेको मोटरसाइकलमा रुखको हाँगो बजारिँदा एक युवतीको मृत्यु भएको छ।

दुर्घटनामा अन्य दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।  मंगलबार दिउँसो निजगढ नगरपालिका– ११ स्थित भित्री सडकमा भुरकुट जातको रुखको हाँगा भाँचिएर लाग्दा मोटरसाइकलमा सवार तीन जना घाइते थिए।  निजगढ नगरपालिका– १० स्थित लालगाउँबाट रतनपुर जाँदै गरेको प्र२–०२–०१७ प ९६३५ नम्बरको मोटरसाइकलमाथि रुखको हाँगो बजारिँदा घटना भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए।

दुर्घटनामा निजगढ नगरपालिका– ११ निवासी सुमन बम्जनकी पत्नी २२ वर्षीया अस्मिता मोक्तानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ। मोटरसाइकलमा सवार निजगढ नगरपालिका– ११ कै १८ वर्षीय सन्देश बम्जन र निजगढ १३ निवासी मानबहादुर बम्जनकी पत्नी २२ वर्षीया बिनिता ब्लोन घाइते भएका कुशवाहाले बताए।

‘सन्देशको सामुदायिक प्रसूति गृह अस्पताल निजगढ र बिनिताको मुहमदीन मेडिकल निजगढमा उपचार भइरहेको छ। उनीहरु दुबै खतरामुक्त छन्,’ कुशवाहाले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मृत्यु जितेर घर फर्किएका सञ्जय- गाउँले र परिवारले गरे स्वागत
मृत्यु जितेर घर फर्किएका सञ्जय- गाउँले र परिवारले गरे स्वागत
विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट
विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट
आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : शेखर कोइराला
आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : शेखर कोइराला
गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
अपाङ्गतासम्बन्धी ऐनको व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ : मन्त्री सुडी
अपाङ्गतासम्बन्धी ऐनको व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ : मन्त्री सुडी
सिरहामा हावाहुरीको कहर : छतको रेलिङ खस्दा वृद्ध महिलाको मृ*त्यु
सिरहामा हावाहुरीको कहर : छतको रेलिङ खस्दा वृद्ध महिलाको मृ*त्यु
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक थापाको निधन
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक थापाको निधन
कीर्तिपुरका मेयर राजकुमार‌ नकर्मीको निधन 
कीर्तिपुरका मेयर राजकुमार‌ नकर्मीको निधन 
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
आज ‘पेन डाउन’ गर्दै आवासीय चिकित्सक, माइतीघरमा पनि प्रदर्शन
आज ‘पेन डाउन’ गर्दै आवासीय चिकित्सक, माइतीघरमा पनि प्रदर्शन