बागलुङ बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २४, २०८१
|
|
४८ पटक हेरिएको
Shares
बागलुङ बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता

सारांश

  • पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।
  • पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि अन्यको अवस्था अज्ञात रहेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताए।
  • अध्यक्ष अधिकारीका अनुसार गम्भीर घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

२४ साउन, बागलुङ- बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ।

पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ । पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि अन्यको अवस्था अज्ञात रहेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताए। अध्यक्ष अधिकारीका अनुसार गम्भीर घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

झब्रिखेत बस्ती जोखिममा

यसैबीच, सडक निर्माणसँगै झब्रिखेतमा पहिरो खस्न थालेको छ । त्यहाँ निरन्तर पहिरो खसेपछि जैमिनी नगरपालिका–१ कुश्मीशेराको बस्ती जोखिममा परेको छ । कुश्मीशेरा बजारबाट प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा हुँदै बलेवा अमलाचौर जोड्ने सडक विस्तार भएको स्थानमा पहिरो खस्न सुरु भएको हो । हरेक वर्षको पहिराले प्रभावित भएका यहाँका केही बासिन्दा विस्थापित भएका पहिरोपीडित दीपक पौडेलले बताए। पहिरोका कारण पौडेल परिवार विस्थापित भइसकेको छभने स्थानीय रेशमलाल आचार्य, राजेन्द्र आचार्यलगायत स्थानीयका घर जोखिममा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन
अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन
काठमाडौं महानगरका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पत्ति जफतको माग
काठमाडौं महानगरका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पत्ति जफतको माग
५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो चीनसँग सम्झौता
५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो चीनसँग सम्झौता
कोशी बास्केटबलको उपाधि सुनसरीलाई
कोशी बास्केटबलको उपाधि सुनसरीलाई
बिहार निर्वाचनलाई लक्षित गर्दै नेपाल-भारत सुरक्षा निकायबीच समन्वय बैठक
बिहार निर्वाचनलाई लक्षित गर्दै नेपाल-भारत सुरक्षा निकायबीच समन्वय बैठक
टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ
टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ
वन हेरालु महतोको टाउको घटनास्थल देखि १०० मिटर टाढा भेटियो
वन हेरालु महतोको टाउको घटनास्थल देखि १०० मिटर टाढा भेटियो
ह*त्या गरी फरार रहेका प्रतिवादी पक्राउ
ह*त्या गरी फरार रहेका प्रतिवादी पक्राउ
दिनहुँ भूकम्प गइरहेको छ, सुरक्षितपूर्वक बस्नुहोला : प्रधानमन्त्री
माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक
माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक