विराटनगरमा प्रहरीको सुरक्षा घेरा तोडेर अस्पतालबाटै जबरजस्ती करणी मुद्दाका कैदी फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
विराटनगरमा प्रहरीको सुरक्षा घेरा तोडेर अस्पतालबाटै जबरजस्ती करणी मुद्दाका कैदी फरार

सारांश

  • विराटनगरस्थित जिल्ला कारागार मोरङका अनुसार कारागारमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर ८ का २४ वर्षीय मोहम्मद अहमद बिहीबार बिहान अस्पताल परिसरबाट फरार भएका हुन्।
  • कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार अहमदलाई पेट दुख्ने गरेको हुँदा मंगलबार उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।
  • शौचालय जाने बहाना गरी सुरक्षा घेरा तोडेर भागेका अहमद जबरजस्ती करणीको मुद्दामा दोषी ठहरिएर विगत डेढ वर्षदेखि कैद भुक्तान गरिरहेका थिए।

१७ साउन, मोरङ- जबरजस्ती करणीको मुद्दा खेपिरहेका एक कैदी उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका छन्।

विराटनगरस्थित जिल्ला कारागार मोरङका अनुसार कारागारमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर ८ का २४ वर्षीय मोहम्मद अहमद बिहीबार बिहान अस्पताल परिसरबाट फरार भएका हुन्। कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार अहमदलाई पेट दुख्ने गरेको हुँदा मंगलबार उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। शौचालय जाने बहाना गरी सुरक्षा घेरा तोडेर भागेका अहमद जबरजस्ती करणीको मुद्दामा दोषी ठहरिएर विगत डेढ वर्षदेखि कैद भुक्तान गरिरहेका थिए।

सहजै रूपमा कैदी फरार भएको घटनापछि मोरङका प्रहरी प्रमुख नवराज कार्की खोजतलासमा खटिएका छन्। मोरङ प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार प्रहरीलाई झुक्याएर फरार भएका कैदीको खोजीका लागि सीमाक्षेत्रमा समेत निगरानी बढाइएको छ। जबरजस्ती करणी मुद्दामा विराटनगरस्थित मोरङ जिल्ला अदालतले २०७९ सालमा १२ वर्षको कैद र ५ लाख रुपैया जरिवानाको फैसला गरेको बताइएको छ।

कारागारका अनुसार हाल ८ जना कैदीबन्दीको कोशी अस्पतालमा उपचार हुँदै आएको छ। जसमा ५ जना महिला र ३ जना पुरुष रहेका छन्। त्यसैगरी, कारागारमा ४ जना नाबालकसहित १ हजार १६ जना कैदीबन्दी राखिएको कारागार कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)
रञ्जितालाई अध्यक्षबाट हटाउन नाउपाले देखाएका पाँच कारण
रञ्जितालाई अध्यक्षबाट हटाउन नाउपाले देखाएका पाँच कारण
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ
साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ
महाकालीमा बाँधनिर्माण नहुँदा बस्ती जोखिममा   
महाकालीमा बाँधनिर्माण नहुँदा बस्ती जोखिममा   
पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत
पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
आज मन्त्रिपरिषद्को बैठक बस्दै
आज मन्त्रिपरिषद्को बैठक बस्दै
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
१० लाख रूपैयाँभन्दा बढीको अवैध कपडासहित गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन