२६ जेष्ठ २०८२, आईतवार

सेयर बजारमा झन्डै २२ अर्बको कारोबार

 

१६ साउन,काठमाडौं- सेयर बजारमा बुधबार करिब २२ अर्बको कारोबार भएको छ।

५० करोड ९६ लाख कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ९१ करोडभन्दा बढीको कारोबार भएको हो। नेप्से परिसूचक आज ६४.२५ अंकले बढेर २७६०.९० अंकमा उक्लिएको छ। कारोबार भएका कम्पनीमध्ये १९१ वटाको सेयर मूल्य बढ्यो भने ४४ वटाको घट्यो। सात वटा कम्पनीको मूल्य स्थिर रह्यो।

आज सबैभन्दा बढी कमाउनेमा युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ता छन्। यसैगरी गुमाउनेमा सिभिल बैंक डिबेन्चर, आत्मनिर्भर लघुवित्त, उपकार लघुवित्त, एसियन हाइड्रो र एसबिएल डिबेन्चरका लगानीकर्ता छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?