राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ५, २०८१
|
|
२२ पटक हेरिएको
Shares
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने

सारांश

  • राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्तिले वैकल्पिक सत्ताको अभ्यास गर्ने भएको छ ।
  • बहुल राष्ट्र निर्माणको माग गर्दै आन्दोलन थालेको अभियानले विभिन्न राज्यको स्थापना गर्दै स्वशासनसहितको आफ्नै विधान घोषणा समेत गर्ने बताइएको छ ।
  • अभियानले असार ४ गते नेवा: राष्ट्रको सत्ता दाबी गर्ने कार्यक्रम राखेको हो ।

 

५ जेठ, काठमाडौँ । राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्तिले वैकल्पिक सत्ताको अभ्यास गर्ने भएको छ ।

बहुल राष्ट्र निर्माणको माग गर्दै आन्दोलन थालेको अभियानले विभिन्न राज्यको स्थापना गर्दै स्वशासनसहितको आफ्नै विधान घोषणा समेत गर्ने बताइएको छ । अभियानले असार ४ गते नेवा: राष्ट्रको सत्ता दाबी गर्ने कार्यक्रम राखेको हो । राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाका अनुसार त्यस्तो राष्ट्र निर्माणको दाबी नेवा: राज्यबाट सुरु गर्ने र त्यसपछि अन्य राष्ट्रहरूको पनि घोषणा हुनेछ । अभियानले नेवा: राष्ट्रिय परिषद्, चौवाङ राष्ट्रिय परिषद्, मगर राष्ट्रिय परिषद्, लिम्बुवान राष्ट्रिय परिषद्, चेपाङ राष्ट्रिय परिषद् गरी हाल १२ वटा परिषद् गठन गरेको छ । यस्ता ५० वटा परिषद् बनाउने तयारी रहेको राष्ट्रिय मुक्ति क्रान्तिका नेता सन्तोष मेहताले बताए । परिषद्हरू सबैले आ–आफ्नो सत्ता आफै सञ्चालन गर्नेछन् । तिनीहरूका आफ्नै विधान र संरचना हुनेछन् ।

‘देशमा हरेक समुदायको आ–आफ्नो राष्ट्रियता र पहिचान छन् । ती पहिचानको आधारमा स्वशासन हुनुपर्ने माग राखिनेछ,’ नेता झाले भने, ‘त्यसको आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै पहिरनलगायत हरेक चिन आफ्नै हुन्छ ।‘अहिले देशमा गणतन्त्र भए पनि एक भाषा, एक नीति नै लादिएको छ । त्यसको हामी विरोध गर्छौँ । जसको राष्ट्रियता हुन्छ, त्यसले नै त्यहाँ शासन गर्नुपर्ने माग हुन्छ,’ उनले थपे, ‘असार ४ गतेदेखि त्यसको अभ्यास सुरु हुनेछ, नेवा: राष्ट्रको अऔपनिवेशिक सत्ता दाबी तथा स्वशासन विधान घोषणा कार्यक्रम हुन्छ ।’ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले शनिबार पत्रकार सम्मेलन गरेर देशैभर विभिन्न कार्यक्रम गर्ने भनी घोषणा गरेका छन् । जेठ ६ गतेदेखि असार ४ गतेसम्म विभिन्न कार्यक्रमको घोषणा गरेका छन् ।

जसअनुसार जेठ २१ थरुहट र मगरातको सामुदायिक गुठी विशेष बृहत् सांस्कृतिक प्रदर्शनी तथा आमसभा दाङमा आयोजना हुनेछ । त्यस्तै जेठ २६ गते विराटनगरमा कोशी नाम खारेजी तथा राज्य पुनर्संरचना विरुद्ध वृहत् प्रदर्शनी तथा आमसभा, जेठ २९ गते बाग्लुङको बुर्तिवाङमा ढोरपाटन सिकार आरक्षणविरुद्ध बृहत् सांस्कृतिक प्रदर्शनी तथा आमसभा हुनेछ भने असार १ गते मधेसी पहाडी बृहत् एकता प्रदर्शनी तथा आमसभा सर्लाहीमा गर्ने भएको छ । असार ४ गते काठमाडौँमा नेवा: राष्ट्रको अऔपनिवेशिक सत्ता दाबी तथा स्वशासन विधान घोषणा कार्यक्रमको आयोजना गरिनेछ ।  त्यसबाहेक विभिन्न ठाउँमा प्रत्येक दिन अन्तरक्रिया कार्यक्रमदेखि लिएर प्रशिक्षण तथा संवाद कार्यक्रम आयोजना गर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज तीनवटा संसदीय समितिको बैठक बस्दै
आज तीनवटा संसदीय समितिको बैठक बस्दै
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते
मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड
मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड
चालकलाई छुट दिएबापत २५ हजार घुस लिने सई पक्राउ
कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन : अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिनुस्
कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन : अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिनुस्
सुनसरी दुर्घटनाः मृत्यु हुनेको संख्या पाँच पुग्यो
सुनसरी दुर्घटनाः मृत्यु हुनेको संख्या पाँच पुग्यो
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित ४ सेल अश्रु ग्यास प्रहार,
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित ४ सेल अश्रु ग्यास प्रहार,
जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा
जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा
२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा