मलंगवा बसपार्क पुस १ देखि पुनः सञ्चालन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २१, २०८२
|
|
४३ पटक हेरिएको
Shares
मलंगवा बसपार्क पुस १ देखि पुनः सञ्चालन हुने

सारांश

  • जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको सर्वपक्षीय बैठकले मलंगवा नगरपालिका–२ स्थित बसपार्क लाई आगामी पुस १ गतेदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।
  • बसपार्क सञ्चालनलाई प्रभावकारी बनाउन आवश्यक सबै पक्षसँग समन्वय गरी सहयोग पुर्‍याउने बैठकले प्रतिबद्धता जनाएको छ।
  • तर बस व्यवसायीहरूले व्यवस्थापन पुरानै शैलीमा फर्किए बसपार्क प्रयोग नगर्ने चेतावनी दिएका छन्।

२१ मंसिर, सर्लाही ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको सर्वपक्षीय बैठकले मलंगवा नगरपालिका–२ स्थित बसपार्क लाई आगामी पुस १ गतेदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। बसपार्क सञ्चालनलाई प्रभावकारी बनाउन आवश्यक सबै पक्षसँग समन्वय गरी सहयोग पुर्‍याउने बैठकले प्रतिबद्धता जनाएको छ। तर बस व्यवसायीहरूले व्यवस्थापन पुरानै शैलीमा फर्किए बसपार्क प्रयोग नगर्ने चेतावनी दिएका छन्। बैठकमा प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले यातायात सेवा सहज र व्यवस्थित बनाउन मलंगवा नगरपालिकाले एक साताभित्र म्याजिक, टेम्पुलगायत साना सवारी साधनका लागि उपयुक्त स्थान तोक्ने र ट्राफिक प्रहरीले रुट निर्धारण गर्ने जानकारी दिनुभयो।

हाल कृषि विकास बैंक मलंगवा शाखाको हाकमा रहेको बसपार्कको जग्गा भवन निर्माणका लागि खाली गरिदिन बैंकले अनुरोध गरेपछि बैठकले नयाँ बसपार्क पुनः सञ्चालन प्रक्रियालाई अगाडि बढाएको हो। करोडौँ लागतमा निर्माण गरिएको बसपार्क विभिन्न कारणले लामो समयदेखि प्रयोगमा आउन सकेको छैन। बस व्यवसायीको अडान र व्यवस्थापन पक्षबीचको असहमतिका कारण बसपार्क सञ्चालन निरन्तर प्रभावित हुँदै आएको छ।

बैठकमा गरिएका निर्णयहरु:-

१. नयाँ बस पार्कबाट मिति २०८२ पौष १ गते देखि यातायात सूचारु गर्ने र सोका लागि सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, यातायात व्यवसायीहरुले समन्वय गरी सहयोग गर्ने ।

२. मलंगवा नगरपालिकाले म्याजिक, टेम्पु लगायतका सवारी साधनहरुलाई व्यवस्थित रुपमा संचालनका लागि एक हप्ता भित्र उपयुक्त स्थान तोक्ने र ट्राफिक प्रहरीसँगको समन्वयमा रुट निर्धारण गर्ने ।

३. लागु औषध नियन्त्रण तथा रोकथामका लागि सीमा नाकामा कडाई गर्नुका साथै स्थानीय तह, सुरक्षा निकाय सहित सम्बन्धित सबैले आ-आफ्नो तर्फबाट पहल गर्ने र सरोकारवालाहरुको सहभागितामा लागु औषध नियन्त्रण तथा रोकथाम सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने ।

४. धार्मिक सांस्कृतिक लगायतका कार्यक्रमहरुमा ठूलो स्वरमा बजाइने डिजे बाजा, माइक ध्वनी प्रदुषण नहुने गरी बजाउनका लागि स्थानीय तह, सुरक्षा निकाय, राजनैतिक दल, नागरिक समाज सहित सम्बन्धित सबै सरोकारवालाहरुले आ-आफ्नो स्थानबाट पहल गर्ने ।

५. जिल्लमा संचालनमा देखिएका भारतीय नम्बर प्लेटका सबै सवारी सधाननहरुको अभिलेखीकरण गर्ने । यसका लागि सम्बन्धित सबैले प्रहरी प्रशासनलाई आ-आफ्नो सवारी साधनको विवरण उपलब्ध गराउने ।

६. कृषि विकास बैंक मलंगवा शाखाको भवन निर्माण प्रयोजनका लागि हाल संचालनमा रहेको बस पार्क जग्गा खाली गराउन यस कार्यालयलाई पत्राचार गरेको हुँदा कृषि विकास बैंकले आफ्नो जग्गामा भवन निमार्णको कार्य अगाडि बढाउन सुझाव दिने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च अदालतले रविलाई थुनामा पठाउनुका पाँच आधार
उच्च अदालतले रविलाई थुनामा पठाउनुका पाँच आधार
कोको थिए रवि–बालेन सम्झौताका साक्षी ?
कोको थिए रवि–बालेन सम्झौताका साक्षी ?
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
जेनजी आन्दोलन : २ हजार ३ सय १६ जनाले गराए उपचार, उपचारका क्रममा ४९ जनाले गुमाए ज्यान
जेनजी आन्दोलन : २ हजार ३ सय १६ जनाले गराए उपचार, उपचारका क्रममा ४९ जनाले गुमाए ज्यान
ससुरालीमै श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ
ससुरालीमै श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ
राजावादीलाई प्रचण्डको चेतावनी : लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ
राजावादीलाई प्रचण्डको चेतावनी : लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ
चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
इस्ट जोन कपको लागि नेपाली यु-१६ क्रिकेट टोलीको घोषणा
सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त
सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त