राप्रपाले रुपन्देही–३ को उम्मेदवार प्रारम्भिक निर्वाचनबाट छनोट गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
राप्रपाले रुपन्देही–३ को उम्मेदवार प्रारम्भिक निर्वाचनबाट छनोट गर्ने

सारांश

  •   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि रुपन्देहीमा आन्तरिक चुनावमार्फत् उम्मेदवार छनोट गर्ने भएको छ ।
  • रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि राप्रपाले आन्तरिक चुनावमार्फत् उम्मेदवार टुंग्याउने भएको हो ।
  • मंगलबार बसेको राप्रपा संसदीय दलको बैठकले राप्रपा नवीन कार्ययोजनाको मोडल अनुसार उम्मेदवार चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

१७ भदौ, काठमाडौँ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि रुपन्देहीमा आन्तरिक चुनावमार्फत् उम्मेदवार छनोट गर्ने भएको छ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि राप्रपाले आन्तरिक चुनावमार्फत् उम्मेदवार टुंग्याउने भएको हो । मंगलबार बसेको राप्रपा संसदीय दलको बैठकले राप्रपा नवीन कार्ययोजनाको मोडल अनुसार उम्मेदवार चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

उपनिर्वाचनका लागि उमेदवार छनोट गर्न रूपन्देही जिल्ला कार्यसमितिबाट सिफारिश भइआएका आकांक्षी उमेदवारमध्येबाट प्रजातान्त्रिक ढंगबाट उमेदवार छनोट गर्न आन्तरिक प्रारम्भिक निर्वाचन गराउने निर्णय भएको उनले जनाए ।  आन्तरिक प्रारम्भिक निर्वाचन यथाशिघ्र गरिने र त्यसको आवश्यक प्रबन्ध रुपन्देही उपनिर्वाचन परिचालन समितिले गर्ने निर्णय भएको छ । जसअनुसार रुपन्देही-३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही-३ अन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू मतदाता हुनेछन् ।

यसैगरी, रुपन्देही-३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाउँपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरू पनि मतदाता रहने प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै, आज मंगलबार (२०८२ भदौ १७ गते)सम्म कायम रहेका रुपन्देही-३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरू र यही मितिसम्म सक्रिय सदस्य भइसकेका रुपन्देही-३ अन्तर्गतका सक्रिय सदस्यहरू मतदाता रहने उनले बताए ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आन्तरिक निर्वाचनमार्फत् उम्मेदवार चयन गरेको छ । रास्वपाले लेखजंग थापालाई उम्मेदवार चयन गरेको छ । तर, उनले बहुविवाह गरेको भनेर अहिले आलोचना भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि धरहरामा निःशुल्क पार्किङ सुरु
आजदेखि धरहरामा निःशुल्क पार्किङ सुरु
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी
दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन
यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवा पक्राउ
सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवा पक्राउ
शिक्षकहरूको प्रदर्शनका कारण ट्राफिक अस्तव्यस्त
शिक्षकहरूको प्रदर्शनका कारण ट्राफिक अस्तव्यस्त
दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब
बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब
चिकित्सकको आत्महत्या प्रयास घटना : विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
चिकित्सकको आत्महत्या प्रयास घटना : विद्यार्थीले लगाए डीन कार्यालयमा ताला