शिक्षक महासंघको आन्दोलन सुरु, ध्यानाकर्षण पत्र बुझाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ९, २०८२
|
|
५१ पटक हेरिएको
Shares
शिक्षक महासंघको आन्दोलन सुरु, ध्यानाकर्षण पत्र बुझाइयो

सारांश

  • नेपाल शिक्षक महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम आज देखि सुरु भएको छ ।
  • घोषणा गरिएको कार्यक्रमअनुसार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
  • महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयकले शिक्षकहरूको सेवा-सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको आरोप लगाए ।

९  भदौ, काठमाडौँ ।

नेपाल शिक्षक महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम आज देखि सुरु भएको छ । घोषणा गरिएको कार्यक्रमअनुसार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयकले शिक्षकहरूको सेवा-सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको आरोप लगाए । गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो, तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको महासंघ पुनः आन्दोलनमा होमिएको अध्यक्ष सुवेदीले बताएका छन् ।

महासङ्घले २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति लागू गर्न, अस्थायी शिक्षकका लागि ७५% आन्तरिक र २५% खुला पदपूर्ति (हालको ६०%–४०% को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमति पत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुरीले बाँकेमा विद्युत् आपूर्ति अवरुद्ध  
हुरीले बाँकेमा विद्युत् आपूर्ति अवरुद्ध  
कुलमान हटाउन अन्तिम अस्त्र प्रयोग गरिँदै
कुलमान हटाउन अन्तिम अस्त्र प्रयोग गरिँदै
राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
नागरिकको गास, बास र कपासमा ध्यान दिन काँग्रेस सांसद भट्टद्वारा सरकारको ध्यानाकर्षण
नागरिकको गास, बास र कपासमा ध्यान दिन काँग्रेस सांसद भट्टद्वारा सरकारको ध्यानाकर्षण
कर्णाली याक्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित
कर्णाली याक्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित
पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषित सहर
पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषित सहर
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा
पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृ*त्यु, ८० भन्दा बढी घाइते
पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृ*त्यु, ८० भन्दा बढी घाइते
चन्द्रागिरिमा वृद्धा ह*त्या प्रकरण : कारण बन्यो जग्गा विवाद, छोरापछि आमा पनि पक्राउ
चन्द्रागिरिमा वृद्धा ह*त्या प्रकरण : कारण बन्यो जग्गा विवाद, छोरापछि आमा पनि पक्राउ
राजकीय सम्मानकासाथ नेम्वाङको अन्तिम बिदाइ
राजकीय सम्मानकासाथ नेम्वाङको अन्तिम बिदाइ