निजामतीमा सूचना प्रविधि सेवा पनि थप्ने प्रस्ताव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १५, २०८३
|
|
२१८ पटक हेरिएको
Shares
निजामतीमा सूचना प्रविधि सेवा पनि थप्ने प्रस्ताव

सारांश

  • सरकारले संघीय निजामती सेवामा नयाँ नेपाल सूचना प्रविधि सेवा थप गर्न लागेको छ ।
  • संघीय संसद सचिवालयमा पेश भएको विधेयकमा यसअघिका विभिन्न सेवा बाहेक सूचना प्रविधि सेवालाई नयाँ सेवाको रुपमा प्रस्ताव गरिएको हो ।
  • अहिले पनि सूचना प्रविधिको क्षेत्रका कर्मचारी निजामती सेवामा छन् ।

१४ असोज, काठमाडौं । सरकारले संघीय निजामती सेवामा नयाँ नेपाल सूचना प्रविधि सेवा थप गर्न लागेको छ । संघीय संसद सचिवालयमा पेश भएको विधेयकमा यसअघिका विभिन्न सेवा बाहेक सूचना प्रविधि सेवालाई नयाँ सेवाको रुपमा प्रस्ताव गरिएको हो ।

अहिले पनि सूचना प्रविधिको क्षेत्रका कर्मचारी निजामती सेवामा छन् । विविध सेवामा रहेका उनीहरुलाई अब भने नयाँ सेवाको रुपमा थप गर्न थालिएको हो ।

संघीय तहको मन्त्रालयदेखि सूचना प्रविधिमा आधारित सेवा प्रदायक निकायहरूमा सूचना प्रविधि(आईटी) सेवाका कर्मचारीहरू कार्यरत थिए ।

यसअघि नेपाल आर्थिक योजना तथा तथ्यांक, इञ्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, विविध, शिक्षा सेवा रहेकोमा यो विधेयकमा सूचना प्रविधि सेवा थपिएको हो ।

तर कर्मचारीहरूको वृत्तिविकासका लागि हुने क्लष्टरमा भने सूचना प्रविधि सेवा समावेश छैन । सरकारले पाँचवटा क्लष्टरहरूमा कर्मचारीहरूको वृत्तिविकास हुने अवधारणा अघि सारेको छ । क्लष्टर प्रयोजनका लागि इञ्जिनियरिङ, कृषि तथा वन, न्याय, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवा मात्रै रहनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टी-२० विश्वकपः नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै
टी-२० विश्वकपः नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर
दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर
आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जेनजी आन्दोलन जाँचबुझ आयोग, त्यसपछि के हुन्छ?
आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै जेनजी आन्दोलन जाँचबुझ आयोग, त्यसपछि के हुन्छ?
६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित
६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित
महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु
महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु
रविको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
रविको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
मकवानपुरको बागमती नदी किनारमा तीन जनाको शव फेला
मकवानपुरको बागमती नदी किनारमा तीन जनाको शव फेला
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण
पाँच किलो पोल्याण्डसहित दुई जना पक्राउ
पाँच किलो पोल्याण्डसहित दुई जना पक्राउ
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...