अढाई वर्षदेखि करोडौंका डायलासिस मेसिन प्रयोगविहीन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ७, २०८३
|
|
१२८ पटक हेरिएको
Shares
अढाई वर्षदेखि करोडौंका डायलासिस मेसिन प्रयोगविहीन

सारांश

  • सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा जडान गरिएका करोडौं रुपैयाँ मूल्य बराबरका डायलासिस मेसिन अढाई वर्षदेखि प्रयोगविहीन अवस्थामा छन् ।
  • आवश्यक जनशक्ति र प्राविधिक व्यवस्थापन हुन नसक्दा अस्पतालले हालसम्म हेमोडायलासिस सेवा सञ्चालन गर्न सकेको छैन ।
  • तत्कालीन मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले २०८० फागुन १२ गते अस्पतालमा हेमोडायलासिस सेवाको उद्घाटन गरेका थिए ।

 

५ असोज, सर्लाही ।

सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा जडान गरिएका करोडौं रुपैयाँ मूल्य बराबरका डायलासिस मेसिन अढाई वर्षदेखि प्रयोगविहीन अवस्थामा छन् । आवश्यक जनशक्ति र प्राविधिक व्यवस्थापन हुन नसक्दा अस्पतालले हालसम्म हेमोडायलासिस सेवा सञ्चालन गर्न सकेको छैन । तत्कालीन मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले २०८० फागुन १२ गते अस्पतालमा हेमोडायलासिस सेवाको उद्घाटन गरेका थिए । उद्घाटन भएको अढाई वर्ष बितिसक्दा पनि सेवा सञ्चालनमा नआउँदा मिर्गौला रोगीहरू उपचारका लागि जनकपुर, बर्दिबास, वीरगञ्ज तथा काठमाडौं धाउन बाध्य छन् ।

अस्पतालमा जडान गरिएका पाँचवटा डायलासिस मेसिन लामो समयदेखि प्रयोगमा नआउँदा करोडौं रुपैयाँ बराबरको उपकरण थन्किएको अवस्थामा रहेको छ । स्थानीयवासीले सरकारी लगानीको सदुपयोग हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र कुमार यादवले आवश्यक जनशक्ति उपलब्ध नहुँदा सेवा सञ्चालनमा ढिलाइ भएको बताए । उनले आफू अध्यक्षको जिम्मेवारी सम्हालेको छ महिनाको अवधिमा यस विषयमा पटक–पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय र ताकेता गर्दै आएको जानकारी दिए । मन्त्रालयमा बारम्बार ध्यानाकर्षण गराएका छौं । मेसिन र अन्य तयारी लगभग पूरा छ तर आवश्यक प्राविधिक जनशक्ति नपठाइँदा सेवा सञ्चालन हुन सकेको छैन,’ यादवले भने, ‘दशैं पछि सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’त्यस्तै, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामप्रकाश शाहले पनि जनशक्तिको अभाव नै मुख्य समस्या रहेको बताए । उनका अनुसार डायलासिस सेवा सञ्चालनका लागि आवश्यक दक्ष प्राविधिक र स्वास्थ्यकर्मी नहुँदा पटक–पटक छलफल भए पनि ठोस निष्कर्षमा पुग्न सकिएको छैन ।

‘सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनबारे मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको छ,’ उनले भने, ‘तर अहिलेसम्म समस्या समाधान हुन सकेको छैन ।’मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र साहले भने असोजभित्रै डायलासिस सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । उनका अनुसार आवश्यक जनशक्ति व्यवस्थापनका लागि कानुनी प्रक्रिया टुंगो लगाइएको छ ।

‘कानुनी प्रक्रियाका कारण आवश्यक जनशक्ति भर्ना गर्न सकिएको थिएन । तर हिजो बसेको मन्त्रिपरिषद् बैठकले अस्थायी दरबन्दी स्वीकृत गरेको छ,’ मन्त्री साहले भने, ‘अहिले ओएनएम प्रक्रिया पनि अगाडि बढिरहेको छ । प्रक्रिया पूरा हुनेबित्तिकै चिकित्सक तथा प्राविधिक जनशक्ति भर्ना गरेर सेवा सञ्चालनमा ल्याउँछौं ।’

अस्पताल प्रशासनका अनुसार जनशक्तिको अभावका कारण डायलासिस सेवा मात्र होइन, आईसीयू र एसएनसीयूजस्ता महत्वपूर्ण सेवासमेत पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । अस्पतालमा दैनिक ४०० भन्दा बढी बिरामी स्वास्थ्य सेवा लिन आउने गरेका छन् भने १२ देखि १५ जना सुत्केरी सेवा लिन पुग्ने गर्छन् । तर एसएनसीयूका दुईवटा बेड मात्र सञ्चालनमा रहेकाले कतिपय नवजात शिशुलाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि केही कर्मचारी विभिन्न अस्पतालमा काजमा खटिने गरेका कारण सेवा प्रवाह प्रभावित हुने गरेको अस्पताल स्रोतको भनाइ छ ।

यस्तै, नेपाल सरकारको छात्रवृत्ति कार्यक्रमअन्तर्गत खटाइने चिकित्सकसमेत यस वर्ष प्रादेशिक अस्पतालमा नपठाइँदा जनशक्ति अभाव थप गम्भीर बनेको अस्पताल प्रशासनको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्: मन्त्री गुप्ता
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्: मन्त्री गुप्ता
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस
अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस
चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष
चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष
तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट
तरुण दलको भवन बनाउन शहरी विकास मन्त्रालयको ३ करोड बजेट
कावासोती घटनामा ​स्थानीय र प्रशासनबीच १० बुँदे सहमति
कावासोती घटनामा ​स्थानीय र प्रशासनबीच १० बुँदे सहमति
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...