सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
११९ पटक हेरिएको
Shares
सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

सारांश

  • सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई उल्टै दोषी बनाएर पक्राउ गरिएको भन्दै गोडैता नगरपालिका – ७ का स्थानीयवासी आक्रोशित बनेका छन् ।
  • प्रहरीले भने वडाध्यक्ष विनेश कुमार दासमाथि प्रहरी चौकीमा आक्रमण र प्रहरीमाथि कुटपिट गरेको आरोप लगाएको छ ।
  • मंगलबार इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट वडाध्यक्ष दासलाई पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए ।

२२ असोज, सर्लाही ।

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई उल्टै दोषी बनाएर पक्राउ गरिएको भन्दै गोडैता नगरपालिका – ७ का स्थानीयवासी आक्रोशित बनेका छन् । प्रहरीले भने वडाध्यक्ष विनेश कुमार दासमाथि प्रहरी चौकीमा आक्रमण र प्रहरीमाथि कुटपिट गरेको आरोप लगाएको छ । मंगलबार इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट वडाध्यक्ष दासलाई पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए ।

उनका अनुसार असोज १७ गते साँझ गोडैता प्रहरी चौकीमाथि ढुंगामुढा र कुटपिट हुँदा वडाध्यक्षकै नेतृत्वमा समूह पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । प्रहरीले वडाध्यक्ष विनेश कुमार दासलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेको छ । उनलाई कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रो कसुरमा बुधबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जनाईएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आक्रमणबाट प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सइ) अवधेश प्रसाद यादवको अगाडिको दुईवटा दाँच भाँचिएको छ। प्रहरी चौकीमा कार्यरत अन्य ५ जना कर्मचारीसमेत घाइते भएका छन् ।

प्रहरी चौकीमा ढुंगामुढा र बाँसको भाँठा प्रहार हुँदा ३ वटा मोटरसाइकलमा क्षति पुगेको प्रहरीले दावी गरेको छ । दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा गोडैता नगरपालिका–७, मा स्थानीय कारिल यादवलाई सर्लाहीकै रामनगर गाउँपालिका–५, बस्ने अनिल राय यादवलगायतले कुटपिट गरेको विषयलाई लिएर कारिल यादव पक्षका वडाध्यक्ष दाससहितले प्रहरी चौकीमा आएर आक्रमण गरेको आरोप लागेको छ । कारिल यादवलाई कुटपीट गर्ने ठेकेदार अनिल राय यादव प्रहरीको नियन्त्रणमा रहेका छन् । कारिल यादव कुटिएको विषयमा प्रहरी चौकीमा पंचायती (छलफल) हुँदै आएको थियो ।

प्रत्यक्षदर्शी एक स्थानीयका अनुसार ‘दुई पक्षबीचको विवाद मिलाउन वडाध्यक्ष चौकीमा पुगेका थिए। दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा विवाद भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्र कुमार खडकाले फोन गरेर अध्यक्ष दासलाई चौकीमा बिबाद भईरहेको र त्यहाँ गएर बिबाद साम्य गर्न भनेका थिए। त्यसपछि वडाध्यक्ष दास प्रहरी चौकी गोडैतामा पुगेका थिए ।’ गोडैता नगरपालिकाका नगरप्रमुख देबेन्द्र यादवले पनि सोहि कुरालाई उल्लेख गर्दै, ‘यसमा वडाध्यक्षको संलग्नता नै छैन, राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको छ, प्रहरीले दोषी पहिचान गरेर कारवाही गरोस् तर निर्दोष जनप्रतिनिधिलाई यसरी पक्राउ गर्नु उचित नभएको बताएका छन् ।’ उनले भने ‘विवाद भएपछी विवाद मिलाउन बोलाएर उनि त्यहाँ पुगेको भिडियो खिचेर दोषी देकाउन खोजिएको छ ।’

घटनास्थलमा वडाध्यक्ष दास पुग्नु अघि देखि नै ढुंगामुढा भईरहेको थियो, त्यसपछि त्यहाँ उनि पुगेपछि प्रहरीले भिडियो खिचेको थियो। पछि सोही भिडियोका केही अंशलाई आधार बनाएर वडाध्यक्षकै नेतृत्वमा ढुंगामुढा भएको भन्दै उनीमाथि आरोप लगाइएको एक प्रत्यक्षदर्शी स्थानीयको दाबी छ । वडाध्यक्षको पक्राउ विरुद्ध बुधबार बिहानैदेखि गोडैता बजार पूर्ण रूपमा बन्द गरिएको छ। स्थानीयले बजार बन्द गर्दै प्रहरीको कारबाहीको माग र वडाध्यक्षको तत्काल रिहाइको माग गरेका छन्। उनीहरूले प्रहरीले घटनाको निष्पक्ष छानबिन गरी वास्तविक दोषी पहिचान गर्नुपर्ने माग गरेका छन्। डिएसपी राईका अनुसार वडाध्यक्षकै नेतृत्वमा ढुंगामुढा र प्रहरी कुटपिट भएको खुलेको छ । तर, स्थानीयले भने प्रहरीकै बयान एक पक्षीय रहेको र अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन् । घटनापछि प्रहरी चौकी गोडैतामा सुरक्षाकर्मीको संख्या बढाईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री भट्टराई
बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री भट्टराई
बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज
बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज
विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
चिसो घटेसँगै मुस्ताङ पर्यटन पुनः जागृत,मुक्तिनाथ केन्द्रमा चहलपहल
चिसो घटेसँगै मुस्ताङ पर्यटन पुनः जागृत,मुक्तिनाथ केन्द्रमा चहलपहल
यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा
यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा
यी हुन् दर्ता भएर पनि चुनावमा भाग नलिने २६ दल
यी हुन् दर्ता भएर पनि चुनावमा भाग नलिने २६ दल
सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो
सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने, उपचार नि:शुल्क
प्रधानमन्त्री कार्कीले तत्काल १५ मन्त्रालय आफैं हेर्ने
प्रधानमन्त्री कार्कीले तत्काल १५ मन्त्रालय आफैं हेर्ने