हिमाचल बस दुर्घटना : मृ*त्यु हुनेको सङ्ख्या १६ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
२६ पटक हेरिएको
Shares
हिमाचल बस दुर्घटना : मृ*त्यु हुनेको सङ्ख्या १६ पुग्यो

सारांश

  • हिमाचल प्रदेशको बिलासपुर जिल्लामा मङ्गलवार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
  • हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले यो जानकारी दिएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ ।
  • बुधबार बिहान एउटा शव भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या १६ पुगेको हो ।

नयाँ दिल्ली ।

हिमाचल प्रदेशको बिलासपुर जिल्लामा मङ्गलवार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले यो जानकारी दिएको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । बुधबार बिहान एउटा शव भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या १६ पुगेको हो ।  सम्पूर्ण बस पहिरोमा पुरिएको र जानकारी पाउने बित्तिकै सरकारले तत्कालै कारबाही गरेको उनले बताए ।

‘यो एकदमै दुःखद घटना हो । हाम्रो सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति ४ लाख रुपैयाँ आर्थिक सहयोग घोषणा गरेको छ’ मुख्यमन्त्री सुखुले भने ।  पहाडी क्षेत्रहरूमा अझै पनि वर्षा र हिमपात भइरहेकोले मानिसहरूले सावधानी अपनाउनुपर्ने पनि उनले बताएका थिए । दुर्घटना मङ्गलवार साँझ करिब साढे ६ बजे बालूघाटनजिक भएको थियो । मरोटनबाट घुमारवी जाँदै गर्दा पहाडबाट अचानक पहिरो खसेर बसलाई पुरेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार अचानक खसेको पहिरोका कारण बस पूर्ण रूपमा दबिएर खोलाको किनारमा खसेको छ । बसभित्रका सबै यात्रु पहिरोमै पुरिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज
भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
डान्सबारमा आएका ग्राहकलाई लुटपाट गरेको आरोपमा  तीनजना पक्राउ
डान्सबारमा आएका ग्राहकलाई लुटपाट गरेको आरोपमा तीनजना पक्राउ
कांग्रेस संस्थापन पक्षको भेला : विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं
कांग्रेस संस्थापन पक्षको भेला : विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं
मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक छ: गृहमन्त्री रमेश लेखक
मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक छ: गृहमन्त्री रमेश लेखक
पहिलो खेलमा आज नेपाल र क्यानडा भिड्दै
पहिलो खेलमा आज नेपाल र क्यानडा भिड्दै
मधेशमा मध्यमदेखि धेरै भारी वर्षा
मधेशमा मध्यमदेखि धेरै भारी वर्षा
सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु। 
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु। 
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त