आज केही ठाउँमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
आज केही ठाउँमा भारी वर्षाको सम्भावना

सारांश

  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
  • मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

१७ साउन, काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप
१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप
तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा, मन्त्री पुनले भने- बेथिति समाधान गर्दैछु
तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा, मन्त्री पुनले भने- बेथिति समाधान गर्दैछु
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
कोशी सरकारले १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने
कोशी सरकारले १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने
बर्खास्तीमा परे ऊर्जा राज्यमन्त्री तामाङ
बर्खास्तीमा परे ऊर्जा राज्यमन्त्री तामाङ
सहिद कप टुर्नामेन्ट: आज ब्रहम्पुरी गाँउपालिका विजयी
सहिद कप टुर्नामेन्ट: आज ब्रहम्पुरी गाँउपालिका विजयी
मृतक जेनजी पुस्ताको संख्या १६ पुग्यो, गम्भिर घाइते एम्बुलेन्सले मात्रै ५० बढि ओसारेको दाबी
मृतक जेनजी पुस्ताको संख्या १६ पुग्यो, गम्भिर घाइते एम्बुलेन्सले मात्रै ५० बढि ओसारेको दाबी
प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय
प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय
सीईओ जोशी भन्छन् : ’ग्रिन इकोनोमी’मा पर्यटन क्षेत्रको ठूलो योगदान छ
सीईओ जोशी भन्छन् : ’ग्रिन इकोनोमी’मा पर्यटन क्षेत्रको ठूलो योगदान छ
धनुषामा १५८ जनाको मनोयन दर्ता
धनुषामा १५८ जनाको मनोयन दर्ता