ल्हेन्दे खोलामा फेरि पनि बाढी, रसुवा, नुवाकोट र धादिङमा अलर्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १४, २०८२
|
|
४९ पटक हेरिएको
Shares
ल्हेन्दे खोलामा फेरि पनि बाढी, रसुवा, नुवाकोट र धादिङमा अलर्ट

सारांश

  •    चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि ठूलो बाढी आएको छ ।
  • सो बाढीले रसुवा, नुवाकोट हुँदै बग्ने भोटेकोशी  र त्रिशुली नदी किनारको क्षेत्र डुबानमा परेको छ ।
  • बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

१४ साउन, काठमाडौं ।  

चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि ठूलो बाढी आएको छ । सो बाढीले रसुवा, नुवाकोट हुँदै बग्ने भोटेकोशी  र त्रिशुली नदी किनारको क्षेत्र डुबानमा परेको छ ।बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । गत असार २५ गते आएको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा चीनले थालेको निर्माणको काम बन्द भएको छ ।

रसुवामा र चीनको तिब्बत क्षेत्रमा मंगलबार वर्षा भएको थियो । सोही वर्षाका कारण बाढी आएको अनुमान छ । रसुवाको उत्तरगया गाउँपालिका आसपासका क्षेत्र र किस्पाङको त्रिशुली थ्री बी हब लगायत क्षेत्रमा जल सतह बढेको देखिन्छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बाढी कम नभएकाले क्षति हुनसक्ने भएकाले सतर्कताका सूचना जारी गरिएको छ । उनका अनुसार अहिलेसम्म जनधनको क्षति पुगेको जानकारी आइसकेको छैन । यद्यपि सूचना संकलन गर्न र आवश्यक परे उद्धार गर्नका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । यसअघि असार २५ गते पनि ल्हेन्दे खोलामा बाढी आउँदामा जनधनको ठूलो क्षति पुगेको थियो । असार २५ गते बिहान भोटेकोशी नदीमा बाढी आउँदा रसुवागढी तहसनहस भएको थियो । चीनको तिब्बत हुँदै बग्ने केरुङ र ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिंदा विनाशकारी रूप लिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले असार २९ गते बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा दिएको जानकारी अनुसार भोटेकोशी नदीको बाढीमा परेर ११ शव तथा मानव अंग भेटिएका छन् । चिनियाँ नागरिक र सुरक्षाकर्मी सहित १७ जना बेपत्ता छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले गत असार २५ गतेकै तहमा बाढी आएको भन्दै सतर्क रहन सूचना जारी गरेको छ । आज बिहान ३:५५ बजे नुवाकोटको बिदुर नगरपालिका इलाकामा बाढी आइपुगेको हुँदा धादिङ्ग तर्फ रहेको गल्छी गाउँपालिका क्षेत्र हुँदै बग्ने त्रिशूली नदी आसपासका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ । सूचना दिन र उद्धार गर्नका लागि सुरक्षा निकायका अंगहरु परिचालन भइसकेको र कुनै समस्या भए स्थानीय  जनप्रतिनिधि र नजिकको प्रहरी चौकीमा खबर गरिदिन स्थानीयलाई भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कश्मिर घटना : लखनउ हुँदै सुदीपको शव आजै नेपाल ल्याइने
कश्मिर घटना : लखनउ हुँदै सुदीपको शव आजै नेपाल ल्याइने
चितवनमा गैँडाको खागसहित ८ जना पक्राउ
चितवनमा गैँडाको खागसहित ८ जना पक्राउ
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
सुनसरी घटनाको विरोधमा राजविराजमा पनि प्रदर्शन
सुनसरी घटनाको विरोधमा राजविराजमा पनि प्रदर्शन
यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा
यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा
पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन
पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
तोकिएको काम नगर्ने स्वास्थ्यका चार सय कर्मचारीलाई कारबाहीको चेतावनी
तोकिएको काम नगर्ने स्वास्थ्यका चार सय कर्मचारीलाई कारबाहीको चेतावनी
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह