आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
५९ पटक हेरिएको
Shares
आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय

सारांश

  • कांग्रेस पूर्वसांसद मोहम्मद अफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत जाने भएको छ ।
  • उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा जाने निर्णय गरेको हो ।
  • महान्यायाधिवक्ता रमेश बडालले बुधबार पुनरावेदनमा जाने निर्णयमा हस्ताक्षर गरिसकेका छन् ।

२६ असार, काठमाडौं ।

कांग्रेस पूर्वसांसद मोहम्मद अफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत जाने भएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा जाने निर्णय गरेको हो । महान्यायाधिवक्ता रमेश बडालले बुधबार पुनरावेदनमा जाने निर्णयमा हस्ताक्षर गरिसकेका छन् ।

‘उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन जाने भनेर महान्यायाधिवक्ताज्यूले बुधबार नै निर्णय गरिसक्नुभएको छ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले अनलाइनखबरसँग भने, ‘अहिले पुनरावेदन निवेदनको मस्यौदा तयार भइरहेको छ । २/३ दिनमा त्यसको तयारी सकेपछि सर्वोच्चमा पुनरावेदनपत्र दर्ता हुनेछ ।’ तल्लो अदालतको फैसलामा एक तह माथिको अदालतबाट फेरबदल भएमा महान्यायाधिवक्ता कार्यालयले आफ्नो मागदाबी लिइ सर्वोच्च अदालतमा जाने नीति नै छ । त्यसमाथि फैसलाका क्रममा गम्भीर विचलन देखा परेको, प्रमाणको मूल्यांकन नगरी फैसला भएको भनी चौतर्फी प्रश्न उठेको मुद्दामा महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा जाने निश्चितजस्तै थियो ।

महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतबाट सफाई पाएका मोहम्मद आफताब आलम लगायत सबै आरोपितहरूलाई दोषी ठहर गर्नुपर्ने र जिल्ला अदालतबाट सफाई पाएकाहरुलाई पनि दोषी ठहर गर्नुपर्ने एकमुष्ट मागदावी लिई सर्वोच्च अदालतमा पुनरावेदन दिनेछ । गत १४ जेठमा उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले ज्यानमुद्दाका आरोपितहरु मोहम्मद आफताब आलम लगायतलाई आरोपबाट सफाइ दिने फैसला गरेका थिए । एक महिनाभित्र नै फैसलाको पूर्णपाठ सार्वजनिक भइसकेको छ । फैसला गर्ने दुवै न्यायाधीश छानबिनका लागि न्यायपरिषद्मा तानिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
मन्त्रिपरिषद्‍बाट पारित भयो बजेट
मन्त्रिपरिषद्‍बाट पारित भयो बजेट
श्रीलङ्कामा नेपालको पहिलो अभ्यास खेल रद्द
श्रीलङ्कामा नेपालको पहिलो अभ्यास खेल रद्द
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हाे : प्रचण्ड
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हाे : प्रचण्ड
कतारमा भएका प्रेमीलाई बोलाइन्, अनि श्रीमान्‌सँग मिलेर गरिन् हत्या:
कतारमा भएका प्रेमीलाई बोलाइन्, अनि श्रीमान्‌सँग मिलेर गरिन् हत्या:
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ
दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ
देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक
देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक
वित्तीय विवरणको असर सेयर बजारमा, घट्यो नेप्से
वित्तीय विवरणको असर सेयर बजारमा, घट्यो नेप्से
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते