राजावादीहरुले आज सिफलचौरमा प्रदर्शन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २०, २०८२
|
|
५० पटक हेरिएको
Shares
राजावादीहरुले आज सिफलचौरमा प्रदर्शन गर्ने

सारांश

  • राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् ।
  • राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन सुरु हुने जानकारी दिएका छन् ।
  • उनीहरुले जेठ १९ गते सोमबार विरोध प्रदर्शन गरेका थिएनन् ।

२० जेठ, काठमाडौं ।

राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् । राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन सुरु हुने जानकारी दिएका छन् । उनीहरुले जेठ १९ गते सोमबार विरोध प्रदर्शन गरेका थिएनन् ।

जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरुले आज भने प्रदर्शन गर्ने जनाएका छन् । उनीहरुले सोमबार बेलुका दिवंगत राजपरिवारका सदस्यहरुको स्मृतिमा कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन गरेका थिए । राजावादीहरुले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् । यो आन्दोलन राजसंस्था र हिन्दुराज्य पुनर्स्थापना नभएसम्म जारी रहने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको मुल्यमा दिन दिनै नयाँ रेकर्ड, आज कतिमा भइरहेछ कारोबार ?
सुनचाँदीको मुल्यमा दिन दिनै नयाँ रेकर्ड, आज कतिमा भइरहेछ कारोबार ?
प्रयागराज महाकुम्भमा डुबकी लगाउनेको संख्या ५९ करोड पुगे
प्रयागराज महाकुम्भमा डुबकी लगाउनेको संख्या ५९ करोड पुगे
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
कांग्रेस-एमाले गठबन्धनमा समस्या छैन : देउवा
कांग्रेस-एमाले गठबन्धनमा समस्या छैन : देउवा
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
सुनसरीको झुम्का कारागारबाट कैदी भागे
सुनसरीको झुम्का कारागारबाट कैदी भागे
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीद्वारा सामूहिक अस्वीकार
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीद्वारा सामूहिक अस्वीकार
एकदिवसीय क्रिकेटबाट ग्लेन म्याक्सवेलको सन्यास
एकदिवसीय क्रिकेटबाट ग्लेन म्याक्सवेलको सन्यास