वीरगञ्जमा जसपा नेपालको खबरदारी सभा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३, २०८२
|
|
६३ पटक हेरिएको
Shares
वीरगञ्जमा जसपा नेपालको खबरदारी सभा

सारांश

  • जनता समाजवादी पार्टी नेपालले खबरदारी सभा आयोजना गरेको छ ।
  • पार्टीको केन्द्रीय परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर वीरगञ्जमा वृहत् अन्तरक्रियासहितको खबरदारी सभा आयोजना गरेको हो ।
  • जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि संयुक्त संघर्ष गर्ने उद्देश्यले खबरदारी सभा आयोजना भएको पार्टी प्रचार प्रसार विभागले जनाएको छ ।

३ जेठ, वीरगञ्ज ।

जनता समाजवादी पार्टी नेपालले खबरदारी सभा आयोजना गरेको छ । पार्टीको केन्द्रीय परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर वीरगञ्जमा वृहत् अन्तरक्रियासहितको खबरदारी सभा आयोजना गरेको हो ।जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि संयुक्त संघर्ष गर्ने उद्देश्यले खबरदारी सभा आयोजना भएको पार्टी प्रचार प्रसार विभागले जनाएको छ । सभामा उक्त कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम र अल्पसंख्यक समुदायसँग सम्बन्धित नेतृत्व, संघ–संस्था तथा व्यक्तित्वहरूको सक्रिय सहभागीता छ ।

सभामा परिसंघको कार्यदिशा, आगामी कार्यभार र उद्देश्यहरू समेटिएको ३५ बुँदे अवधारणा पत्र सार्वजनिक गरिएको छ । कार्यक्रममा जसपा नेपालका अध्यक्ष यादवले १३ पृष्ठको उक्त अवधारणा पत्र प्रस्तुत गरेका हुन् । अवधारणा पत्रमा दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारु, अल्पसंख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्य गर्ने उल्लेख छ ।उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसंख्याका आधारमा प्रतिनिधित्व, मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्याय सुनिश्चित गर्न संघर्ष गरिने उल्लेख गरिएको छ ।\

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन
राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन
गण्डकी प्रदेशका कारागारबाट भागेका ७३४ कैदीबन्दी फर्किए, अझै कति फरार ?
गण्डकी प्रदेशका कारागारबाट भागेका ७३४ कैदीबन्दी फर्किए, अझै कति फरार ?
अब विशेष महाधिवेशनको विकल्प छैन : गगन थापा
अब विशेष महाधिवेशनको विकल्प छैन : गगन थापा
राप्रपाको निष्कर्ष– निषेधाज्ञा जारी गर्नु हाम्रो आन्दोलन सफल हुनु हो
राप्रपाको निष्कर्ष– निषेधाज्ञा जारी गर्नु हाम्रो आन्दोलन सफल हुनु हो
न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सञ्चालक पक्राउ
न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सञ्चालक पक्राउ
किसानले समयमै मल नपाए खाद्य सुरक्षामै संकट आउन सक्छः सांसद साउद
किसानले समयमै मल नपाए खाद्य सुरक्षामै संकट आउन सक्छः सांसद साउद
अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन
पानी संकटः अन्नको भण्डार मधेसमा असार सकिँदा ३६ प्रतिशत मात्रै धान रोपाईं
पानी संकटः अन्नको भण्डार मधेसमा असार सकिँदा ३६ प्रतिशत मात्रै धान रोपाईं
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर