बेलायतका सभामुखसँग राजदूत घिमिरेको भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
३० पटक हेरिएको
Shares
बेलायतका सभामुखसँग राजदूत घिमिरेको भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल

सारांश

  • बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसदको तल्लो सदनका सभामुख लिन्डसे होइलसँग भेटवार्ता गरेका छन् ।
  • वेस्टमिन्स्टर दरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–बेलायत सम्बन्धका विविध पक्षमा कुराकानी भएको दूतावासले जनाएको छ।
  • भेटमा दुई देशबीच करिब दुई शताब्दी पुरानो सम्बन्धलाई स्मरण गर्दै राजदूत घिमिरेले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सन्देश हस्तान्तरण गरेका थिए ।

३० चैत, काठमाडौं ।

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसदको तल्लो सदनका सभामुख लिन्डसे होइलसँग भेटवार्ता गरेका छन् । वेस्टमिन्स्टर दरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–बेलायत सम्बन्धका विविध पक्षमा कुराकानी भएको दूतावासले जनाएको छ।

भेटमा दुई देशबीच करिब दुई शताब्दी पुरानो सम्बन्धलाई स्मरण गर्दै राजदूत घिमिरेले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सन्देश हस्तान्तरण गरेका थिए । राजदूत घिमिरेले नेपालको संविधान, लोकतान्त्रिक अभ्यास र संसदको ऐतिहासिक विकासक्रमबारे सभामुख होइललाई जानकारी गराएका थिए । साथै, नेपाल–बेलायत सम्बन्ध ऐतिहासिक र सौहार्दपूर्ण भएको उल्लेख गर्दै आपसी सहकार्यलाई अझ सुदृढ बनाउने कुरामा जोड दिएका थिए ।

भेटका क्रममा सभामुख होइलले बेलायती संसदलाई ‘विश्वका संसदहरूको जननी’ भएको बताउँदै नेपालको लोकतान्त्रिक यात्राप्रति चासो व्यक्त गरेका थिए । उनले भविष्यमा पनि बेलायत सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको बताए । भेटमा पर्यटन, व्यापार, शिक्षा र गोर्खा समुदायसम्बन्धी विषयमा समेत छलफल भएको दूतावासले जानकारी दिएको छ । राजदूत घिमिरेले गोर्खा सम्बन्धी विषयहरूमा बेलायती सरकारको निरन्तर सहयोग अपेक्षा गरिएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री
होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री
मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
जेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त
जेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
सञ्चारमन्त्रीले चलाए बसपार्कमा राखिएको फ्रि-वाईफाई
सञ्चारमन्त्रीले चलाए बसपार्कमा राखिएको फ्रि-वाईफाई
भारतमा पूर्वडीजीपीको हत्या, श्रीमती र छोरी पक्राउ
भारतमा पूर्वडीजीपीको हत्या, श्रीमती र छोरी पक्राउ
लापिलाङ पहिरोबारे सांसद खरेलको ध्यानाकर्षण : तत्काल समाधानको माग
लापिलाङ पहिरोबारे सांसद खरेलको ध्यानाकर्षण : तत्काल समाधानको माग
शिक्षकहरुको आन्दोलन आज पनि जारी
शिक्षकहरुको आन्दोलन आज पनि जारी
साउन २४ देखि दूधपोखरीमा बेपत्ता युवकको श*व आज फेला
साउन २४ देखि दूधपोखरीमा बेपत्ता युवकको श*व आज फेला
बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी
बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी