रौतहटमा कार र ट्याक्टर ठोकिँदा १ जना मजदुरको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २६, २०८१
|
|
५१ पटक हेरिएको
Shares
रौतहटमा कार र ट्याक्टर ठोकिँदा १ जना मजदुरको मृत्यु

सारांश

  • गएराति रौतहटमा कार र धानझार्ने थ्रेसर मेसिन बोकेको ट्याक्टर आपसमा ठोकिँदा एक मजदुरको मृत्यु भएको छ।
  • पूर्वपश्चिम राजमार्गको जंगल क्षेत्रमा पर्ने चन्द्रपुरस्थित पौराइमा आइतबार राति करिब आठ बजे लु ५ त १४०९ नम्बरको ट्याक्टर र बीएसी ५६०३ नम्बरको कार आपसमा ठोकिँदा भारतको पूर्वी चम्पारण घर भएका ४० वर्षीय भोला गिरीको मृत्यु भएको हो।
  •   जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले दिएको जानकारी अनुसार पौराइको गाउँमा धान झारेर पूर्वपश्चि राजमार्गमा निस्कँदै गरेको ट्याक्टरसँग तीव्र गतिमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कार ठोकिँदा दुर्घटना भएको हो।

२६ कार्तिक,रौतहट । गएराति रौतहटमा कार र धानझार्ने थ्रेसर मेसिन बोकेको ट्याक्टर आपसमा ठोकिँदा एक मजदुरको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गको जंगल क्षेत्रमा पर्ने चन्द्रपुरस्थित पौराइमा आइतबार राति करिब आठ बजे लु ५ त १४०९ नम्बरको ट्याक्टर र बीएसी ५६०३ नम्बरको कार आपसमा ठोकिँदा भारतको पूर्वी चम्पारण घर भएका ४० वर्षीय भोला गिरीको मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले दिएको जानकारी अनुसार पौराइको गाउँमा धान झारेर पूर्वपश्चि राजमार्गमा निस्कँदै गरेको ट्याक्टरसँग तीव्र गतिमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कार ठोकिँदा दुर्घटना भएको हो।

‘दुवै चालकको असावधानीको कारण दुर्घटना भएको देखिन्छ,’ डीएसपी रायले भने, ‘दुर्घटनापछि चितवनको भरतपुर महानगरपालिका २ घर भएका कार चालक दल्लु बनसललाई पक्राउ गरेका छौँ।’ मृतक गिरी बिग्रिएको थ्रेसर मेसिन बनाउन गएको बेला घटना भएको रायले बताए। धान झार्ने क्रममा बिग्रिएको थ्रेसर बनाएर सोही ट्याक्टरमा चढेर फर्किंदै गर्दा दुर्घटना भएको हो। मृतक गिरीको शव पोस्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर
हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका खारेजको तयारी
जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका खारेजको तयारी
प्रहरी उच्च अधिकारीहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
प्रहरी उच्च अधिकारीहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
सशस्त्र प्रहरी महानिरीक्षक कप : एपिएफ ‘ए’ र पुलिस स्कुल सेमिफाइनलमा
सशस्त्र प्रहरी महानिरीक्षक कप : एपिएफ ‘ए’ र पुलिस स्कुल सेमिफाइनलमा
विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख रुपैंयाँ
विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख रुपैंयाँ
इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता
इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता
वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारे : प्रधानमन्त्री ओली
वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारे : प्रधानमन्त्री ओली
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...