पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १६, २०८१
|
|
३१ पटक हेरिएको
Shares
पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा

सारांश

  • पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले पदबाट राजीनामा दिएका छन् ।
  • सामाजिक सञ्जाल एक्स (ट्विटर) एक पोस्ट गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
  • साथै आफ्नो कप्तानीप्रति उनले खुसी व्यक्त गरेका छन् ।

१६ असोज ,  काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल एक्स (ट्विटर) एक पोस्ट गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

साथै आफ्नो कप्तानीप्रति उनले खुसी व्यक्त गरेका छन् । आफ्नो कप्तानी करियरलाई बाबरले शानदार भनेका छन् । राजीनामा घोषणा गर्दै उनले समर्थकहलाई धन्यवाद दिएका छन् । ‘मैले पाकिस्तानी पुरुष क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिने निर्णय लिएको छु,’ बाबरले लेखेका छन् । उनले कप्तानी छाडेर आफ्नो खेलमा ध्यान दिने समय आएकाले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । ‘टिमको नेतृत्व गर्न पाउनु सम्मानको कुरा हो । तर, मेरो लागि कप्तानी छोडेर आफ्नो खेलमा ध्यान केन्द्रित गर्ने समय आएको छ,’ उनले लेखेका छन् ।

आफ्नो करियरलाई महत्त्व दिने बताएका बाबरले परिवारलाई पनि समय दिने बताएका छन् । ‘म तपाईंहरूको साथ र मप्रितको विश्वासको लागि आभारी छु । तपाईंहरूको उत्साहले मेरो लागि महत्त्व राख्छ,’ उनले लेखेका छन् । कप्तानीबाट राजीनामा दिए पनि एक खेलाडीका रूपमा टिममा योगदान जारी राख्ने उनको भनाइ छ । यो अवधिमा सबै मिलेर पाएको उपलब्धिप्रति आफूलाई गर्व लागेको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा
असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा
टोस्टमास्टर्स फुटसल लिग कप २०८३ को घोषणा, वैशाख ५ देखि सुरु हुने
टोस्टमास्टर्स फुटसल लिग कप २०८३ को घोषणा, वैशाख ५ देखि सुरु हुने
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
कर्णालीले टस जितेर काठमान्डुविरुद्ध ब्याटिङ गर्दै
कर्णालीले टस जितेर काठमान्डुविरुद्ध ब्याटिङ गर्दै
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न मागियो दरखास्त
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न मागियो दरखास्त
सिन्धुलीमा स्कूल भ्यान दुर्घटना, १७ जना बालबालिका घाइते
सिन्धुलीमा स्कूल भ्यान दुर्घटना, १७ जना बालबालिका घाइते
अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन
अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन
भारतीय सेना भन्छ – भारतले पहलगाम घटना बिर्सेको छैन
भारतीय सेना भन्छ – भारतले पहलगाम घटना बिर्सेको छैन