कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २७, २०८१
|
|
४४ पटक हेरिएको
Shares
कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा

सारांश

  •   कोशी प्रदेशसभाका संसदीय समितिको निर्वाचन  २१ महिनापछि हुन लागेको छ  ।
  • भाद्र २८ गते शुक्रबारका लागि तोकिएको निर्वाचनमा उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।
  • प्रदेश सभा सचिवालयका अनुसार आजै उम्मेदवारको नामावली प्रकाशन ५: १५ सम्ममा हुने र दाबी विरोधका लागि ५:१० देखि ५:३० सम्म, दाबी विरोधमाथि छान ५:३० देखि ५:४५ सम्म, उम्मेदवारी फिर्ताको समय ५:४५ देखि ६:०० बजेसम्म र उम्मेदवारीको अन्तिम नामावली प्रकाशन ६ बजेर १५ मिनेटसम्ममा हुने जानकारी दिएको छ ।

२७ भदौ,विराटनगर ।  कोशी प्रदेशसभाका संसदीय समितिको निर्वाचन  २१ महिनापछि हुन लागेको छ  ।

Worldlink adsभाद्र २८ गते शुक्रबारका लागि तोकिएको निर्वाचनमा उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ । प्रदेश सभा सचिवालयका अनुसार आजै उम्मेदवारको नामावली प्रकाशन ५: १५ सम्ममा हुने र दाबी विरोधका लागि ५:१० देखि ५:३० सम्म, दाबी विरोधमाथि छान ५:३० देखि ५:४५ सम्म, उम्मेदवारी फिर्ताको समय ५:४५ देखि ६:०० बजेसम्म र उम्मेदवारीको अन्तिम नामावली प्रकाशन ६ बजेर १५ मिनेटसम्ममा हुने जानकारी दिएको छ । त्यस्तै निर्वाचन भने २८ गते दिउँसो २ बजेदेखि हुने तालिका संसद् सचिवालयले जानकारी दिएको छ ।

यसैबिच प्रदेशसभाको ७ वटै विषयगत समितिको सभापतिको उम्मेदवारको टुङ्गो लागेको छ । कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् । प्रदेश सभामा रहेका ७ समितिहरुमा एमाले र काँग्रेसले ३-३ र माओवादी केन्द्रले एक समितिको सभापति पाउने गरि सहमति भएको छ ।

जसमा एमालेले आफ्नो भागमा परेका समितिहरूमा होमबहादुर थापा प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नाल न्याय प्रशासन तथा विधायन समिति  र रामदेव यादव उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै काँग्रेसले पाउने सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद वान्तवा राई उम्मेदवार बन्ने भएका छन् ।त्यसैगरी माओवादीले पाउने सार्वजनिक लेखा समितिको सभापतिमा भने राजन किराँती उम्मेदवार बन्ने दलका नेता इन्द्र आङ्बोले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्साबाट ठूलो परिमाणमा गाँजा बरामद
पर्साबाट ठूलो परिमाणमा गाँजा बरामद
स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिन्छु – जगदिश खरेल
स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिन्छु – जगदिश खरेल
सुनको मूल्यमा भारी गिरावट, एकै दिन २७ सय रुपैयाँले घट्यो
सुनको मूल्यमा भारी गिरावट, एकै दिन २७ सय रुपैयाँले घट्यो
बिहीबारसम्मका लागि संसद् बैठक स्थगित
बिहीबारसम्मका लागि संसद् बैठक स्थगित
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने
संघीयता कसैको कृपाबाट आएको होइन: उपेन्द्र यादव
संघीयता कसैको कृपाबाट आएको होइन: उपेन्द्र यादव
चिनियाँ राजदूत साङ्को मदनपुरमा भव्य स्वागत, प्रविधिमैत्री कक्षाको उद्घाटन
चिनियाँ राजदूत साङ्को मदनपुरमा भव्य स्वागत, प्रविधिमैत्री कक्षाको उद्घाटन
फेसबुक, ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री
फेसबुक, ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री
विपद्पछिको काममा प्रधानमन्त्री संवेदनशील हुनुहुन्छ : रवि लामिछाने
विपद्पछिको काममा प्रधानमन्त्री संवेदनशील हुनुहुन्छ : रवि लामिछाने
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्स्पेक्टर विष्ट दोषी ठहर
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्स्पेक्टर विष्ट दोषी ठहर
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...