घुससहित पक्राउ परेका नापी सर्वेक्षकसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २३, २०८१
|
|
२२ पटक हेरिएको
Shares
घुससहित पक्राउ परेका नापी सर्वेक्षकसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा

सारांश

  • अख्तियारले सेवाग्रहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेको नापी सर्वेक्षक यादव, मालपोत कार्यालय ललितपुरका खरिदार मोतिराम सुवेदी र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेलविरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो।
  • जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने भन्दै सेवाग्रहीसँग तीन लाख घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले सर्वेक्षक यादव र लेखापढी सेन्टरका सञ्चालक भुजेललाई नियन्त्रणमा लिएको थियो।
  • अनुसन्धानको क्रममा यो काममा सर्वेक्षक यादव, मालपोत कार्यालयका खरिदार सुवेदी र लेखापढी सेन्टरका सञ्चालक भुजेलको मिलेमतो देखिएको अख्तियारले जनाएको छ।

२३ साउन, काठमाडौं-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले सेवाग्रहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेको नापी सर्वेक्षक यादव, मालपोत कार्यालय ललितपुरका खरिदार मोतिराम सुवेदी र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेलविरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने भन्दै सेवाग्रहीसँग तीन लाख घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले सर्वेक्षक यादव र लेखापढी सेन्टरका सञ्चालक भुजेललाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको क्रममा यो काममा सर्वेक्षक यादव, मालपोत कार्यालयका खरिदार सुवेदी र लेखापढी सेन्टरका सञ्चालक भुजेलको मिलेमतो देखिएको अख्तियारले जनाएको छ। जग्गा हालसाविकको कार्य सम्पन्न पश्चात उनीहरूले सेवाग्रहीबाट घुस रकम लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए। सर्वेक्षक यादव, मालपोत कार्यालयका खरिदार सुवेदी र लेखापढी सेन्टरका सञ्चालक भुजेलमाथि चार लाख रूपैयाँ बिगो कायम गरी बिगोबमोजिमको जरिवाना र कैद सजाय अख्तियारले मागदाबी लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध !
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
एनपीएलको अक्सन आज हुदै
एनपीएलको अक्सन आज हुदै
राप्रपा पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
राप्रपा पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
सरकारको ध्यान बचत फिर्ता गराउनेमा हाेइन रास्वपालाई सिध्याउनेमा छ : रवि लामिछाने
सरकारको ध्यान बचत फिर्ता गराउनेमा हाेइन रास्वपालाई सिध्याउनेमा छ : रवि लामिछाने
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
ईपीएस भाषा परीक्षा तीन चरणमा हुने
ईपीएस भाषा परीक्षा तीन चरणमा हुने
विशेष अदालतको फैसला सर्वोच्चले ८ वर्षपछि उल्टाएपछि समातिए पूर्वसीडीओसहित ३ जना
विशेष अदालतको फैसला सर्वोच्चले ८ वर्षपछि उल्टाएपछि समातिए पूर्वसीडीओसहित ३ जना
१३ वर्षपछि हुन लागेको कबड्डी विश्वकप खेल्न भारत जाँदै नेपाली टिम
सांसद चौधरीको प्रश्न- गभर्नर नियुक्ति ऐनको धज्जी उडाएको कारबाही कसलाई गर्ने ?
सांसद चौधरीको प्रश्न- गभर्नर नियुक्ति ऐनको धज्जी उडाएको कारबाही कसलाई गर्ने ?