बुबाको किरिया बसेका छोराको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १५, २०८१
|
|
२२ पटक हेरिएको
Shares
बुबाको किरिया बसेका छोराको मृत्यु

सारांश

  • शिवसताक्षी नगरपालिका वडा नम्बर ११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरिया बसेकै समयमा निधन भएको हो।
  • घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो।
  • उनको उपचारकै क्रममा सोमबार साँझ निधन भएको हो।

 

१५ साउन, झापामा दिवंगत बुबाको १३ दिने किरियामा बसेका एक व्यक्तिको निधन भएको छ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरिया बसेकै समयमा निधन भएको हो। घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो। उनको उपचारकै क्रममा सोमबार साँझ निधन भएको हो।

सवारी दुर्घटनामा परी घाइते बुबा दिलबहादुर घिमिरेको साउन ७ गते उपचारका क्रममा निधन भएको थियो। गणेश बुबाको आठौँ दिनको काम गर्दै थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?