संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त

सारांश

  • ​​​सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छन् ।
  • शनिबार बिहान बालुवाटारमा भएको छलफलमा संसदीय समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्रीले आफू तयार रहेको बताएका नेपाली कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
  • ‘छानबिन समिति बनाउन प्रधानमन्त्री तयार हुनुभएको छ ।

५ जेठ, काठमाडौं । ​​​सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छन् ।

शनिबार बिहान बालुवाटारमा भएको छलफलमा संसदीय समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्रीले आफू तयार रहेको बताएका नेपाली कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । ‘छानबिन समिति बनाउन प्रधानमन्त्री तयार हुनुभएको छ । हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं । अब साँझसम्म केही होला’, लेखक लोकान्तरसँग भने, ‘हामी आन्तरिक छलफल पनि गर्छौं, तर छानबिन समितिमा रवि लामिछानेको नाम उल्लेख गर्ने तहसम्म कुरा अघि बढिसकेको छैन ।’ बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासहित, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र लेखक सहभागी थिए । कांग्रेसको अडानबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बालुवाटार बोलाएका थिए।

यसअघि हिजो तय भएको छलफल अन्तिम समयमा आएर स्थगित भएको थियो । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । माग पूरा नभएसम्म संसद् चल्न नदिने कांग्रेसको अडान छ । सोही अनुसार कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिए । शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेक्सासमा बाढीका कारण दश जनाको मृ*त्यु
टेक्सासमा बाढीका कारण दश जनाको मृ*त्यु
कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल
कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
०८४ को चुनावमा रास्वपाले १९० सिट जित्छः शिशिर खनाल
०८४ को चुनावमा रास्वपाले १९० सिट जित्छः शिशिर खनाल
  गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट
  गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट
तोलामा एक हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
तोलामा एक हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
दुर्गा प्रसाईलाई सर्वोच्च अदालत उपस्थित गराइँदै
दुर्गा प्रसाईलाई सर्वोच्च अदालत उपस्थित गराइँदै
प्रधानमन्त्रीको स्पेन भ्रमणबारे प्रभु साहको टिप्पणी : फजुल खर्च बाहेक केही होइन
प्रधानमन्त्रीको स्पेन भ्रमणबारे प्रभु साहको टिप्पणी : फजुल खर्च बाहेक केही होइन
कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै