संसद् बैठकअघि रविले बोलाए संसदीय दलको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २२, २०८०
|
|
९४ पटक हेरिएको
Shares
संसद् बैठकअघि रविले बोलाए संसदीय दलको बैठक

सारांश

  • प्रतिनिधिसभाको हिउँदे अधिवेशन बस्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वतयारीका लागि दलको बैठक बोलाएका छन् ।
  • संसद् सचिवालयले संसद् बैठक अपराह्न ४ बजे बोलाएको छ ।
  • त्यसअघि रास्वपाले संसदमा कसरी प्रस्तुत हुने भन्ने सवालमा आफ्ना सांसदहरूसँग छलफल गर्न लागिएको  उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

२२ माघ, काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन बस्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वतयारीका लागि दलको बैठक बोलाएका छन् ।

संसद् सचिवालयले संसद् बैठक अपराह्न ४ बजे बोलाएको छ । त्यसअघि रास्वपाले संसदमा कसरी प्रस्तुत हुने भन्ने सवालमा आफ्ना सांसदहरूसँग छलफल गर्न लागिएको  उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनकाअनुसार बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बोलाइएको छ । यो पटक रास्वपाले अत्यावश्यक कानुन निर्माण र संविधान कार्यान्वयनमा सरकारमाथि दबाब बढाउने तयारी गरेको छ । त्यसका लागि संसद् र संसदीय समितिमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । सोमबार बस्ने बैठकमा दलका नेता रविले संसदमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल हुने अर्यालले बताए ।

‘संसद् बैठकमा कसरी प्रस्तुत हुने विषयमा दलका नेताले सांसदहरूसँग छलफल राख्नुभएको हो । यसअघि बसेको बैठकमा सांसदहरूले आ–आफ्ना समिति र संसदमा उठाउने एजेन्डाबारे छलफल भएको थियो’, अर्यालले भने, ‘यो पटक अत्यावश्यक कानुन निर्माणमा हाम्रो ध्यान केन्द्रित गर्छौँ । संविधान कार्यान्वयनमा सरकारलाई प्रभावकारी रूपमा दबाब दिन्छौँ ।’ यसअघि रविले विषयगत समितिमा रहेका सांसदहरूलाई तीन वटा प्रश्नको उत्तर लिएर आउन निर्देशन दिएका थिए । त्यसबारे माघ १९ गते बसेको दलको बैठकमा छलफल भएको थियो । यस्तै रास्वपाले सुशासन, विकास आयोजना निर्माण, जनजीविकाका विषयमा संसदमा कडा रूपमा प्रस्तुत हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?