Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

संसद् बैठकअघि रविले बोलाए संसदीय दलको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २२, २०८०
|
|
१२७ पटक हेरिएको
Shares
संसद् बैठकअघि रविले बोलाए संसदीय दलको बैठक

सारांश

  • प्रतिनिधिसभाको हिउँदे अधिवेशन बस्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वतयारीका लागि दलको बैठक बोलाएका छन् ।
  • संसद् सचिवालयले संसद् बैठक अपराह्न ४ बजे बोलाएको छ ।
  • त्यसअघि रास्वपाले संसदमा कसरी प्रस्तुत हुने भन्ने सवालमा आफ्ना सांसदहरूसँग छलफल गर्न लागिएको  उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

२२ माघ, काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन बस्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वतयारीका लागि दलको बैठक बोलाएका छन् ।

संसद् सचिवालयले संसद् बैठक अपराह्न ४ बजे बोलाएको छ । त्यसअघि रास्वपाले संसदमा कसरी प्रस्तुत हुने भन्ने सवालमा आफ्ना सांसदहरूसँग छलफल गर्न लागिएको  उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनकाअनुसार बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बोलाइएको छ । यो पटक रास्वपाले अत्यावश्यक कानुन निर्माण र संविधान कार्यान्वयनमा सरकारमाथि दबाब बढाउने तयारी गरेको छ । त्यसका लागि संसद् र संसदीय समितिमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । सोमबार बस्ने बैठकमा दलका नेता रविले संसदमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल हुने अर्यालले बताए ।

‘संसद् बैठकमा कसरी प्रस्तुत हुने विषयमा दलका नेताले सांसदहरूसँग छलफल राख्नुभएको हो । यसअघि बसेको बैठकमा सांसदहरूले आ–आफ्ना समिति र संसदमा उठाउने एजेन्डाबारे छलफल भएको थियो’, अर्यालले भने, ‘यो पटक अत्यावश्यक कानुन निर्माणमा हाम्रो ध्यान केन्द्रित गर्छौँ । संविधान कार्यान्वयनमा सरकारलाई प्रभावकारी रूपमा दबाब दिन्छौँ ।’ यसअघि रविले विषयगत समितिमा रहेका सांसदहरूलाई तीन वटा प्रश्नको उत्तर लिएर आउन निर्देशन दिएका थिए । त्यसबारे माघ १९ गते बसेको दलको बैठकमा छलफल भएको थियो । यस्तै रास्वपाले सुशासन, विकास आयोजना निर्माण, जनजीविकाका विषयमा संसदमा कडा रूपमा प्रस्तुत हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलिउड अभिनेता प्रदीप रावतको निधन
बलिउड अभिनेता प्रदीप रावतको निधन
घुससहित पक्राउ परेका नापी सर्वेक्षकसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा
घुससहित पक्राउ परेका नापी सर्वेक्षकसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा
अफगानिस्तानमा फेरि ५.६ तीव्रताको भूकम्प
अफगानिस्तानमा फेरि ५.६ तीव्रताको भूकम्प
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय
ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय
१८ जना प्रहरी सम्पर्कविहीन
१८ जना प्रहरी सम्पर्कविहीन
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन
गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रविले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
ज्ञानेन्द्रप्रति प्रधानमन्त्रीको टिप्पणी रेकर्डबाट हटाउन राप्रपाको माग
ज्ञानेन्द्रप्रति प्रधानमन्त्रीको टिप्पणी रेकर्डबाट हटाउन राप्रपाको माग