नारायणगढ-मुग्लिन सडक ७ गतेदेखि ४ घण्टा बन्द हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ५, २०८०
|
|
२४ पटक हेरिएको
Shares
नारायणगढ-मुग्लिन सडक ७ गतेदेखि ४ घण्टा बन्द हुने

सारांश

  • नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
  • पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो ।
  • नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन्भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन् ।

५ पुस, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो । नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन्भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन् । यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ । पोखराबाट आउने यात्रीवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ । उक्त सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्ष अघि निर्माण भएको हो भने बाँकी १५ पुलको काम एकै साथ थालिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश- दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्नू
मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश- दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्नू
११ महिनामा सुक्खाबन्दरगाहबाट रु ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
११ महिनामा सुक्खाबन्दरगाहबाट रु ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित
अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित
कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छ :प्रदिप पौडेल
कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छ :प्रदिप पौडेल
नेप्से सीईओमा लुइँटेलको नियुक्ति आधा बाटोबाटै खारेज
नेप्से सीईओमा लुइँटेलको नियुक्ति आधा बाटोबाटै खारेज
यू-१९ महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै
यू-१९ महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै
प्रतिनिधि सभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसद भेटिएनन्
प्रतिनिधि सभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसद भेटिएनन्
उच्च अदालत बुटवलमा रवि र छविको मुद्दा, बहस सकियो आदेश आउन बाँकी
उच्च अदालत बुटवलमा रवि र छविको मुद्दा, बहस सकियो आदेश आउन बाँकी
कोशीको आन्तरिक मामिलामन्त्री बन्दै रेवतीरमण भण्डारी, आजै शपथ
कोशीको आन्तरिक मामिलामन्त्री बन्दै रेवतीरमण भण्डारी, आजै शपथ
बाघको आक्रमणबाट बारामा एक वृद्धको मृ*त्यु
बाघको आक्रमणबाट बारामा एक वृद्धको मृ*त्यु