सर्वोच्चका ६ न्यायाधीशको शपथ ग्रहण आज

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ५, २०८०
|
|
३० पटक हेरिएको
Shares
सर्वोच्चका ६ न्यायाधीशको शपथ ग्रहण आज

सारांश

  • सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिँदै ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नियुक्त गर्नुभएको  सर्वोच्चका ६ जना न्यायाधीशले बिहीबार दिउँसो शपथ ग्रहण गर्न लाग्नुभएको हो ।
  • बिहीबार दिउँसो ३ बजे शीतल निवासमा राष्ट्रपति पौडेलले शपथग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

५ पुस, काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिँदै ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नियुक्त गर्नुभएको  सर्वोच्चका ६ जना न्यायाधीशले बिहीबार दिउँसो शपथ ग्रहण गर्न लाग्नुभएको हो ।बिहीबार दिउँसो ३ बजे शीतल निवासमा राष्ट्रपति पौडेलले शपथग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार नै राष्ट्रपति पौडेलले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गर्नुभएको थियाे । राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराएसँगै सर्वोच्च पुगेर छ जना न्यायाधीशले आफ्नो कार्यभार सम्हाल्नुहुने छ । ६ जना न्यायाधीश थपिएसँगै सर्वोच्चमा अब २० जना न्यायाधीश हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?