नेपाली समाजद्वारा अमेरिकामा गठित “SAPANA” संस्था द्वारा कृषि औजार वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
२६ पटक हेरिएको
Shares
नेपाली समाजद्वारा अमेरिकामा गठित “SAPANA” संस्था द्वारा कृषि औजार वितरण

सारांश

  • नेपाली समाजद्वारा अमेरिकामा गठित “SAPANA” द्वारा कृषि औजार वितरण गरिएको छ ।
  • Social Association Of Professional Nepal In America(SAPANA) संस्था द्वारा सर्लाहिको ब्रह्मपुरी गाउँपालिका-५ स्थित पिररियाका किसानलाई कृषि औजार वितरण गरिएको छ।
  • कृषि औजार सेटमा एउटा हसिया,कोदालो र खुर्पी गरि तिन प्रकारका औजार रहेको थियो जसलाई दुईसय घरधुरीका किसानलाई वितरण गरिएको छ।

१० कार्तिक, सर्लाही। नेपाली समाजद्वारा अमेरिकामा गठित “SAPANA” द्वारा कृषि औजार वितरण गरिएको छ ।

Social Association Of Professional Nepal In America(SAPANA) संस्था द्वारा सर्लाहिको ब्रह्मपुरी गाउँपालिका-५ स्थित पिररियाका किसानलाई कृषि औजार वितरण गरिएको छ। कृषि औजार सेटमा एउटा हसिया,कोदालो र खुर्पी गरि तिन प्रकारका औजार रहेको थियो जसलाई दुईसय घरधुरीका किसानलाई वितरण गरिएको छ। कृषि औजार वितरण कार्यक्रमलाई नेपालका किसानको माझमा ल्याउन पीडरियाकै एक इन्जिनियर बिपिन कापरको मुख्य भुमिका रहेको देखिन्छ जसले अमेरिकामा समेत बिभिन्न संघ संस्थामा जुडि यस्ता समाजिक कार्यहरु गरिरहेका थिए।

इन्जिनियर बिपिन भन्छन् “SAPANA”एउटा यस्तो संस्था हो जसले गरिबी निवारण जस्ता बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ।  हाम्रो क्षेत्रमा सबैभन्दा बढी समस्या कृषिमा देखिएकोले किसानहरुलाई सहज होस् भनेर सुरुवातमा हामी कृषि औजार वितरण गरेका छौं पछि गएर किसानहरुलाई अन्य सेवा सुबिधा समेत उपलब्ध गराईने छ। भ्रष्ट सरकारले गर्दा आज आमजनता हरुले बिभिन्न मार्का भोग्नु परेको छ। त्यसैले असल जनप्रतिनिधि चुन्नुस समेत भनेका छन्”।यो कृषि औजार वितरण कार्यक्रममा पररियाका वडाअध्यक्ष कृष्ण मोहन ठाकुरको समेत उपस्थिति रहेको थियो।SAPANA का बोर्ड मेम्बरहरुमा डा.सुबोध मल्लिक, डा.राकेश मण्डल, डा.अर्चना, उशा, मुकेश हरु रहेका छन्। यसमा डाक्टरहरु बढी भएकोले यसलाई डाक्टरको संस्था समेत भनिएको छ। कार्यक्रममा किसान, बुद्धिजीवी,युवा र महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो कार्यक्रमको अन्त्यमा किसानहरु खुशी हुदै औजार लिएर घर फर्केका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने
मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने
घट्यो सुनचाँदीको मूल्य
घट्यो सुनचाँदीको मूल्य
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
खोटाङमा आठ रोपनी जग्गामा क्रिकेट मैदान बन्दै
खोटाङमा आठ रोपनी जग्गामा क्रिकेट मैदान बन्दै
न्युजिल्याण्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै
न्युजिल्याण्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै
निर्वाचनको वातावरण अझै बनेको छैन : एमाले नेता महासेठ
निर्वाचनको वातावरण अझै बनेको छैन : एमाले नेता महासेठ
प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले दिए राजीनामा
प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिवले दिए राजीनामा
बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासङ शेर्पा डिल्लीबजार कारागार चलान
बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासङ शेर्पा डिल्लीबजार कारागार चलान
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
शीतलनिवासबाट हात्तीका दाह्रा चोरी गर्ने पाँच जनालाई प्रहरीले गर्‍याे सार्वजनिक
शीतलनिवासबाट हात्तीका दाह्रा चोरी गर्ने पाँच जनालाई प्रहरीले गर्‍याे सार्वजनिक