मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट खतरामुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन २७, २०८०
|
|
३२ पटक हेरिएको
Shares
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट खतरामुक्त

सारांश

  • मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट खतरामुक्त रहेका छन् ।
  • सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

२७, असोज, काठमाडौं । मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट खतरामुक्त रहेका छन् ।

सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र हुनुहुन्थ्यो । हेलिकप्टरान आगलागी भएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलार्ई फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको हो । उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो । हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ
प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ
 खोटाङको जङ्गलमा युवक–युवती मृत फेला
 खोटाङको जङ्गलमा युवक–युवती मृत फेला
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त
शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए
विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए
राष्ट्रिय सभा सदस्य निर्वाचन : कुन प्रदेशमा कति मतभार?
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विराटनगर किङ्सले एनपीएल जिते ३० लाख दिने घोषणा, मुख्यमन्त्री कार्की
विराटनगर किङ्सले एनपीएल जिते ३० लाख दिने घोषणा, मुख्यमन्त्री कार्की