काठमाडौं महानगरपालिकामा शुक्रबार शोक बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २१, २०८०
|
|
३१ पटक हेरिएको
Shares
काठमाडौं महानगरपालिकामा शुक्रबार शोक बिदा

सारांश

  •  काठमाडौं महानगरपालिकाले भदौ २२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ ।
  • महानगरको नगर कार्यपालिकाको कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा नं.
  • १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकाले महानगरपालिका अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरिएको हो ।

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ २२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ ।

महानगरको नगर कार्यपालिकाको कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकाले महानगरपालिका अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरिएको हो ।

काठमाडौं क्षेत्र ७ का क्षेत्रीय सभापतिसमेत रहनुभएका रिजाललाई डेंगु सङ्क्रमण भएपछि निमोनिया भएको थियो । उपचारका लागि आइसियू हुँदै दुई दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उहाँको निधन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ