सीआईबी अनुसन्धानले देखायो देशभरका हजारौँ व्यापारीले तस्करीको सुन किनेको तथ्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ १९, २०८१
|
|
३६ पटक हेरिएको
Shares
सीआईबी अनुसन्धानले देखायो देशभरका हजारौँ व्यापारीले तस्करीको सुन किनेको तथ्य

सारांश

  • तस्करीमार्फत नेपाल भित्रिएको सुनको खपत विदेशीसँगै स्वदेशी बजारमा समेत हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
  • केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानबाट देशभरका हजारौँ सुन व्यापारीले अवैध रूपमा नेपाल भित्रिएको सुन खरिद–बिक्री गरेको तथ्य फेला परेको हो ।
  • ६० किलो सुन तस्करी प्रकरणमाथि गहन अनुसन्धानपछि तयार भएको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएपछि सीआईबीले यस्तो जानकारी दिएको हो ।

 

१९ असार,काठमाडौँ । तस्करीमार्फत नेपाल भित्रिएको सुनको खपत विदेशीसँगै स्वदेशी बजारमा समेत हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानबाट देशभरका हजारौँ सुन व्यापारीले अवैध रूपमा नेपाल भित्रिएको सुन खरिद–बिक्री गरेको तथ्य फेला परेको हो । ६० किलो सुन तस्करी प्रकरणमाथि गहन अनुसन्धानपछि तयार भएको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएपछि सीआईबीले यस्तो जानकारी दिएको हो । सीआईबीका प्रमुख श्यामलाल ज्ञवालीले देशभरका २२ हजार सुन व्यापारीले अवैध रूपमा आयातित सुन किनबेच गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए । ‘अवैध रूपमा ल्याइएको सुन किन्ने व्यापारीको सङ्ख्या २२ हजारभन्दा बढी हुन सक्छ,’ ज्ञवालीले भने, ‘तर कम छैन ।’ ६० किलो सुन तस्करी प्रकरणमाथिको अनुसन्धानका क्रममा एउटै समूहले ३२ सय किलो सुन नेपालमा तस्करी गरेको खुलेको समेत सीआईबीले जनाएको छ ।

 भारतीय र चिनियाँसहित नेपाली नागरिकको संलग्नतामा हङकङसहित विभिन्न मुलुकबाट सञ्जाल नै विस्तार गरेर त्यो समूहले सुन तस्करी गर्ने गरेको खुलेको हो ।  एउटै समूहले ५ वटा डमी कम्पनी खडा गरेर विद्युतीयसँगै विभिन्न पाइप तथा धातुजन्य वस्तुको आयात र ‘ब्रेक शु’मार्फत खर्बौं रुपैयाँको सुन ल्याउने गरेको अनुसन्धानले देखाएको थियो । विदेशबाट ल्याइएको सुन कहाँ जान्छ भनेर अनुसन्धान गर्दा भारतीय बजारसँगै स्वदेशी बजारमै खपत हुने गरेको तथ्य भेटिएको ज्ञवाली बताउँछन् ।

‘अनुसन्धानले तस्करीको सुन किनबेचमा हजारौँ सुन व्यापारी संलग्न भएको देखियो,’ ज्ञवालीले थपे, ‘तर यसमा बलियो आधार भने देखिँदैन ।’ विभिन्न समयमा सम्पन्न अनुसन्धानबाट न्यूरोडका व्यापारी अवैध सुन आयातदेखि खरिदबिक्रीमा संलग्न देखिएको थियो । न्यूरोडको लक्की ज्लेलर्स र अष्टमंगल ज्वेलर्सका सञ्चालकलाई प्रहरीले पक्राउ नै गरेको थियो । ‘यी दुई विषयमा पक्राउका लागि पर्याप्त आधार भेटिएको थियो,’ ज्ञवाली भन्छन्, ‘अवैध सुन किनबेचमा संलग्नलाई पक्राउ गर्ने हो भने सिङ्गो देशका सबै पक्राउ पर्न सक्छन् ।’

नेपाल सरकारले नेपालमा सुन आयातमा कोटा प्रणाली लागु गरेको छ । नेपाल राष्ट्र बैंकले कोटा प्रणाली तोक्छ र तोकिएको सीमाभित्र रहेर वाणिज्य बैंकले सुन आयात गर्दै आएका छन् । यतिबेला दैनिक २० किलोग्राम सुन आयातको कोटा तोकिएको छ र यही बमोजिम बैंकहरूले सुन ल्याउँछन् । ल्याइएको सुन देशभरका २५ हजारभन्दा बढी सुन व्यापारीमाझ बाँडिन्छ । यसअघि दैनिक १० किलोग्राम मात्रै सुन ल्याउन पाउने प्रावधान थियो । तर सरकार स्वयं दैनिक २० किलोग्राम सुनले आन्तरिक माग धान्न नसक्नेमा विश्वस्त छ । यस्तै व्यवसायीले लामो समयदेखि सुनको आयात प्रणाली खुला गरिनुपर्ने बताउँदै आइरहेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मराज बज्राचार्य सुन आयातमा कोटा प्रणाली राख्न नहुने बताउँछन् । खुला बजार अर्थतन्त्रको सिद्धान्त बमोजिम आवश्यकताअनुसार सुन ल्याउन दिनुपर्ने माग महासंघले राख्दै आइरहेको छ । तर सरकारले व्यवसायीको माग सुनेको नसुन्यै गरिरहेको छ ।

व्यवसायीहरुको अनुसार आयातमा लगाइएको कोटा प्रणाली हटाएमा आवश्यकताअनुसार सुन आउन सक्छ । ‘कोटा हटाइदिएमा आवश्यकता अनुसार सुन ल्याउन सकिन्छ,’ बज्राचार्य भन्छन्, ‘मागअनुसार दैनिक १०० किलोग्राम पनि ल्याउन सकिन्छ । बजार माग नभएमा दिनमा १ किलोग्राम पनि आउँदैन ।’ बजार मागअनुसार सुन ल्याउन दिने व्यवस्था गरेमा आपूर्ति प्रणाली सुधार हुने महासंघको भनाइ छ । तर सरकारले व्यवसायीको यो विषयलाई नजरअन्दाज गर्दै आइरहेको छ । महासंघका अनुसार सिजनको समयमा नेपालमा दैनिक १०० किलोसम्म सुन किनेबच हुन्छ । बिहेको सिजन, तीज, दसैँ र तिहार लगायतको समयलाई सुनको सिजन मानिन्छ । यो समयमा बजार मागअनुसार सुन ल्याउन राष्ट्र बैंकको कोटा प्रणालीले रोक्छ । र, व्यापारीले आपूर्ति धान्न तस्करीबाट आएको सुनमा भर पर्नुपर्ने सीआईबीको अनुसन्धानले देखाएको बताइएको छ । यद्यपि महासंघका उपाध्यक्ष बज्राचार्य भने व्यापारीले अवैध सुन किन्ने गरेको विषयमा आफू जानकार नरहेको बताउँछन् । ‘तस्करीको सुन किनबेचमा संलग्न विषय जानकारी छैन,’ उनले भने, ‘तर सिजनमा चाहिनेजति सुन नपाइने भएकाले नहोला भन्न पनि सकिँदैन ।’

कसरी खुल्यो तथ्य ?

समय–समयमा तस्करीको सुन नेपाली व्यापारीले किनबेच गरिरहेको विषय उठ्दै आएको छ । तर, २०८० साउन ३ गते राजस्व अनुसन्धान विभागले सिनामङ्गलबाट ठुलो परिमाणको सुन पक्राउ गरेपछि थप विषय खुलेको हो ।

हङकङबाट क्थवे प्यासिफिकमार्फत ६० किलोग्राम अवैध सुन ल्याउने समूहले ५ वटा डमी कम्पनी खडा गरेर ३२ क्विन्टलभन्दा बढी सुन तस्करी गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । विभागले सिनामङ्गलबाट हङकङ हुँदै नेपाल ल्याइएको ठुलो परिमाणको अवैध सुन समातेको थियो । सुरुवातमा एक क्विन्टल भनिएको सुन टक्सार महाशाखाको परीक्षणपछि ६० किलो रहेको पाइएको थियो । ६० किलो सुन तस्करीको अनुसन्धान सुरुमा विभागले नै गर्ने भनिएको थियो । अनुसन्धानको लहरो धेरै भित्रसम्म पुग्ने आकलन गरेपछि सरकारले सीआईबीलाई हस्तान्तरण गर्यो र अनुसन्धानका क्रममा धेरै तथ्य फेला परेको छ । ५ वटा डमी कम्पनी खडा गरेर विभिन्न प्रकारका विद्युतीय सामग्री र धातुजन्य वस्तुमा मिसाएर सुन तस्करी गर्ने गरेको तथ्य पाइएको थियो । त्यसरी ल्याइएको सुन गाल्ने मेसिनसमेत भेटिएको थियो ।

यसबाहेक, भेपमार्फत भएको सुन तस्करी प्रकरण र खाडीबाट आउने यात्रुले ‘झिटीगुन्टा’ शीर्षकमा ल्याउने गरेको सुनको परिमाण झनै ठुलो थियो । चीनबाट आयात हुने भेपमार्फत गरिएको सुन तस्करीमा माओवादी नेताहरू कृष्णबहादुर महरा र दिपेश पुन लगायतको नाम समेत मुछिएको थियो । झिटीगुन्टा शीर्षकमा खाडी मुलुक (दुबई र कतार) बाट स्वदेश फर्कने नेपालीको साथबाट २ दिनमै ३२ किलोभन्दा बढी सुन भेटिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा गरिएको कडाइका क्रममा कानुनी छिद्रता छिचोलेर तस्करले रोजगारीमा गएका र घुम्न गएका नेपालीको प्रयोगमार्फत अर्बौं रुपैयाँभन्दा बढीको सुन नेपाल छिराइरहेको तथ्य फेला परेको थियो । २०७८ सालको मंसिर १३ र १४ गतेमात्रै ३२ किलो सुन झिटीगुन्टा शीर्षकमा नेपाल आएको थियो । यसरी आयात भएको सुन देशभरका सुन व्यापारीमा अवैध रूपमा वितरण र करोबार हुने गरेको भेटिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
राजनीतिक पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा
राजनीतिक पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
दाङमा गाडीले च्यापेर एक जनाको मृ*त्यु
दाङमा गाडीले च्यापेर एक जनाको मृ*त्यु
भावुक स्टाटस लेख्दै क्रिकेटबाट सन्न्यास लिने सन्दीपको संकेत
भावुक स्टाटस लेख्दै क्रिकेटबाट सन्न्यास लिने सन्दीपको संकेत
मधेसमा खानेपानीको अभाव हुन नदिन युद्धस्तरमा काम हुन्छ: प्रधानमन्त्री ओली
मधेसमा खानेपानीको अभाव हुन नदिन युद्धस्तरमा काम हुन्छ: प्रधानमन्त्री ओली
भोजपुरमा बाढीले बगाएका मजदुरको शव भेटियो
भोजपुरमा बाढीले बगाएका मजदुरको शव भेटियो
भारतीय विदेश सचिव भदौमा काठमाडौं आउँदै
भारतीय विदेश सचिव भदौमा काठमाडौं आउँदै
ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्
ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्
राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ मा बस्ने
राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ मा बस्ने