धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १६, २०८१
|
|
३८ पटक हेरिएको
Shares
धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस

सारांश

  • आज २१ औँ धान दिवस ‘जलवायु मैत्री कृषि,धान उत्पादनमा वृद्धि’भन्ने नाराका साथ धनुषाको मिथिला बिहारी नगरपालिकाले किसानको धानखेतमा रोपाई गरेर राष्ट्रिय धान दिवस र असार १५ मनाएको छ ।
  • नगरपालिकाको कृषि शाखाको आयोजनामा वडा नं १ भुतही पटेरवामा भएको खेतमा रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको हो ।
  • धान दिवस कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष राम सोभित दाहाको अध्यक्षतामा र नगर प्रमुख राजेन्द्र प्रसाद यादवको प्रमुख अतिथिमा त्यसै गरी नगरपालिकाका उपप्रमुख सोभा देवी साह , नगरपालिकाका सम्पुर्ण वडा अध्यक्षहरु,लेखा प्रमुख सुभाष कुमार झा , नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव, कृषि शाखा प्रमुख गोबिन्द कुमार यादव लगायत बिभिन्न शाखाका शाखा अधिकृतहरु किसान र कर्मचारीको सहभागिता रहेको थियो ।

मौसम झा (पाठक)

१६ असार, जनकपुरधाम । आज २१ औँ धान दिवस ‘जलवायु मैत्री कृषि,धान उत्पादनमा वृद्धि’भन्ने नाराका साथ धनुषाको मिथिला बिहारी नगरपालिकाले किसानको धानखेतमा रोपाई गरेर राष्ट्रिय धान दिवस र असार १५ मनाएको छ ।

नगरपालिकाको कृषि शाखाको आयोजनामा वडा नं १ भुतही पटेरवामा भएको खेतमा रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको हो । धान दिवस कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष राम सोभित दाहाको अध्यक्षतामा र नगर प्रमुख राजेन्द्र प्रसाद यादवको प्रमुख अतिथिमा त्यसै गरी नगरपालिकाका उपप्रमुख सोभा देवी साह , नगरपालिकाका सम्पुर्ण वडा अध्यक्षहरु,लेखा प्रमुख सुभाष कुमार झा , नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव, कृषि शाखा प्रमुख गोबिन्द कुमार यादव लगायत बिभिन्न शाखाका शाखा अधिकृतहरु किसान र कर्मचारीको सहभागिता रहेको थियो । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससँगै रोपाईं जात्राका रुपमा मिथिला बिहारी लगायत देशैभर मनाइएको छ । आजको दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ ।

कामको चटारोले थकित भएका किसानलाई दही र चिउरा आपँले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । आज २१औँ धान दिवस ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि ’ भन्ने नाराका साथ मनाएको छन । प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो । हाम्रो सन्दर्भमा धानले आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व राख्दछ । यसर्थ, धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्दति पनि हो । धानमा अन्तर्निहित यिनै विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ ।

जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्वन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरुलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने सन्देश यस वर्षको नाराले दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडा अध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता
वडा अध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता
धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य
धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक
देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
सम्पत्तिको ९९ प्रतिशत दान गर्ने बिल गेट्सको चाहना
सम्पत्तिको ९९ प्रतिशत दान गर्ने बिल गेट्सको चाहना
पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
वार्ताअघि इरानी संसद्का अध्यक्ष गालिबाफले भने- अमेरिकामाथि भरोसा छैन
वार्ताअघि इरानी संसद्का अध्यक्ष गालिबाफले भने- अमेरिकामाथि भरोसा छैन