८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
अमरेश पाण्डेय
२८ जेठ, गजुरी। गजुरी गा०पा०-६. जरेखेतमा ८ कोठे शौचालय अध्यक्ष लाई हस्तान्तरण गरिएको हो।
यहि मिति २०८१/२/२८ गतेका दिन जिल्ला धादिङ, गजुरी गा०पा०-६. जरेखेतमा सशस्त्र प्रहरी बाल नेपालको ” २३औं स्थापना दिवसको उपलक्ष्यमा शौचालय हस्तान्तरण गरिएको हो। Quick impact project अन्तर्गत सर्वसाधारण जनता लाई बढी सुविधा होस भनि अनुमानित २६ लाखको लागतमा सार्वजनिक गौचलाय गजुरी गा०पा० लगाएत विभिन्न संघ संस्था र सहयोगी दाताहरुको सहयोगमा निर्माणाधिन शौचालय रहेको छ।
१८,०००००/- (अठार लाख मात्र) खर्चमा निमर्माण सम्पन्न भई स० प्र. ना. म. नि. गणेश ठाडा मगर र गजुरी १४ अध्यक्ष गणेश लाल श्रेष्ठ द्वारा संयुक्त समुदघाटन सु-सम्पन्न भएको हो। अन्दाजी सयौं जनाको समुपस्थितिमा गा०पा० अध्यक्ष लाई उक्त ८ कोठे शौचालय हस्तान्तरण गरिएको जनाइको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment