कर्णालीको झोलुङ्गे पुलमा अड्किए १३ खच्चड, उद्धारको प्रयास हुँदै
२७ जेठ, काठमाडौं । अछाम र दैलेख जोड्ने कर्णाली नदीको झोलुङ्गे पुलमा १३ वटा खच्चड अड्किएका छन् । झोलुङ्गे पुल पार गर्ने क्रममा १३ वटा खच्चड फसेका जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालले जानकारी दिए । ‘लठ्ठा चुँडिएको होइन, पुल कोल्टे परेर खच्चड तारमा फसेका हुन्,’ उनले भने, ‘पुललाई सिधा पारेर रेस्क्यूको प्रयास भइरहेको छ ।’
दुवै जिल्लाका सुरक्षाकर्मी उद्धारका लागि खटिएका छन् । ‘उद्धार गर्न निकै च्यालेञ्ज छ, पुल चुँडिने खतरा पनि छ,’ उनले भने, ‘पुल बनाउने मिस्त्रीहरूको सहयोगमा पुल सिधा बनाउने प्रयास भइरहेको छ ।’ अछाम र दैलेख जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा पुल बनाउने मिस्त्री उद्धारका लागि खटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
Post Comment