मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्री यादव पदमुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २३, २०८१
|
|
३३ पटक हेरिएको
Shares
मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्री यादव पदमुक्त

सारांश

  • मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् ।
  • बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ ।
  • विपक्षमा भने ५३ मत परेको छ ।

 

२३ जेठ, जनकपुरधाम ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् ।बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।

बुधबार प्रदेशसभामा १०३ सांसद उपस्थित थिए । मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ । विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?