Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुडानमा ३० लाखभन्दा बढि मानिस हैजाको जोखिममा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ३, २०८१
|
|
४४ पटक हेरिएको
Shares
सुडानमा ३० लाखभन्दा बढि मानिस हैजाको जोखिममा

सारांश

  • संयुक्त राष्टसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरु हैजाको जोखिममा रहेको जनाएको छ ।
  • युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करीव ३० लाख मानिसहरु हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्स मार्फत जनाएको हो ।
  • युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ ।

 

३ कार्तिक,  खार्तुम  । संयुक्त राष्टसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरु हैजाको जोखिममा रहेको जनाएको छ ।युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करीव ३० लाख मानिसहरु हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्स मार्फत जनाएको हो ।

युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ । द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पतालहरु बन्द रहेको तथा अग्रपङ्क्तीमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई  महिनौँ देखि तलव भुक्तानी नगरिएको यसनिसेफले जनाएको छ ।

आन्तरिक द्वन्द्व सुरु भएदेखि  हैजा, मलेरिया र डेङ्गुु ज्वरोजस्ता महामारी रोगहरू फैलिदा सयौँको मृत्यु भएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै  द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रिदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ
छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीलगायत १३ जनामाथि भ्रष्टाचारको मुद्दा दायर
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीलगायत १३ जनामाथि भ्रष्टाचारको मुद्दा दायर
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन : माधव सापकोटा
निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन : माधव सापकोटा
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
नाइजरमा दुई भारतीय नागरिकको ह*त्या
नाइजरमा दुई भारतीय नागरिकको ह*त्या
८२ शाखा अधिकृतको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत
८२ शाखा अधिकृतको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत