वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २९, २०८३
|
|
१२८ पटक हेरिएको
Shares
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?

सारांश

  • देशका विभिन्न प्रदेशमा आएको बाढी र अविरल वर्षाका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
  • सोमबार बिहान ६:३० बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण यातायात सञ्चालन प्रभावित भएको हो।
  • कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा असार १२ गते बाढी आएपछि सडक एकतर्फी सुचारु भएको छ भने त्यहाँ अर्को वैकल्पिक बाटो पनि सञ्चालनमा छ।

२८ असर, काठमाडौँ ।

देशका विभिन्न प्रदेशमा आएको बाढी र अविरल वर्षाका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण यातायात सञ्चालन प्रभावित भएको हो।कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा असार १२ गते बाढी आएपछि सडक एकतर्फी सुचारु भएको छ भने त्यहाँ अर्को वैकल्पिक बाटो पनि सञ्चालनमा छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने असार २३ गतेदेखि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ हाल वैकल्पिक बाटो चलिरहेको छ। बागमती प्रदेशमा सम्भावित बाढीका कारण असार २२ गतेदेखि नै काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने वी.पि. राजमार्गमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्तिलोकपथ (ललितपुरदेखि हेटौँडा) असार २७ गतेदेखि र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग असार २९ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

गण्डकी प्रदेशअन्तर्गत कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा ताङतिङ सडक खण्ड असार २७ गते खसेको पहिरोका कारण पूर्ण रूपमा बन्द छ। लुम्बिनी प्रदेशका विभिन्न चार जिल्लामा पहिरोले सडक अवरोध पुर्‍याएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित घोराही–रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित  सालझन्ड ढोरपाटन सडक खण्ड असार २८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छन्।

गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्ग असार २९ गतेदेखि पूर्ण रूपमा बन्द भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्ग भने असार २८ गते पहिरो गए पनि हाल एकतर्फी रूपमा सुचारु रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु, अमेरिकी नागरिक घाइते
बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु, अमेरिकी नागरिक घाइते
घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार
घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार
बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध
बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध
ब्रहम्पुरी गाउँपालिकाका १६७ परिवारले पाए लालपुर्जा
ब्रहम्पुरी गाउँपालिकाका १६७ परिवारले पाए लालपुर्जा
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु
बागमतीमा सशस्त्र प्रहरीको विपद् उद्धार सिमुलेसन अभ्यास
बागमतीमा सशस्त्र प्रहरीको विपद् उद्धार सिमुलेसन अभ्यास
मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परे जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन नेता कार्यकर्ता
मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परे जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन नेता कार्यकर्ता
दाउन्नेमा सडक भासिएपछि दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा लगाइयो रोक
दाउन्नेमा सडक भासिएपछि दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा लगाइयो रोक
प्रतिनिधिसभाका विषयगत समितिमा हेरफेर
प्रतिनिधिसभाका विषयगत समितिमा हेरफेर