सर्लाहीमा स्रोत नखुलेको चार लाख रुपैयाँसहित दुई भारतीय नागरिक नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १३, २०८३
|
|
७७ पटक हेरिएको
Shares
सर्लाहीमा स्रोत नखुलेको चार लाख रुपैयाँसहित दुई भारतीय नागरिक नियन्त्रणमा

सारांश

  • सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ स्थित इनर्वा नाकाबाट स्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
  • सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीका अनुसार शनिबार दिउँसो करिब १ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० आर २११९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो।
  • सखुअवा बीओपीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अनिलकुमार यादवको कमान्डमा खटिएको पाँच सदस्यीय सीमा गस्ती टोलीले मोटरसाइकलमा सवार भारतको सीतामढी जिल्ला, इनर्वा ग्रामपञ्चायत–१ निवासी २८ वर्षीय गोविन्द गुप्ता रौनियार र सोही स्थानका २८ वर्षीय रामकुमार रामलाई नियन्त्रणमा लिएको जनाएको छ।

 

१२ मंसिर, सर्लाही।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ स्थित इनर्वा नाकाबाट स्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीका अनुसार शनिबार दिउँसो करिब १ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० आर २११९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो।

सखुअवा बीओपीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अनिलकुमार यादवको कमान्डमा खटिएको पाँच सदस्यीय सीमा गस्ती टोलीले मोटरसाइकलमा सवार भारतको सीतामढी जिल्ला, इनर्वा ग्रामपञ्चायत–१ निवासी २८ वर्षीय गोविन्द गुप्ता रौनियार र सोही स्थानका २८ वर्षीय रामकुमार रामलाई नियन्त्रणमा लिएको जनाएको छ। जाँचका क्रममा उनीहरूको साथ तथा मोटरसाइकलको डिकीबाट ५०० रुपैयाँ दरका ८०० थान नेपाली नोट गरी चार लाख रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। साथै, ५०० रुपैयाँ दरका दुई थान भारतीय नोट र दुई थान मोबाइलसमेत फेला परेको छ। नगद, मोटरसाइकल र दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी क्षतिको तथ्यांक संकलनगर्न कर्मचारी फिल्डमा, प्रश्नावलीमार्फत मूल्यांकन सुरु
बाढी क्षतिको तथ्यांक संकलनगर्न कर्मचारी फिल्डमा, प्रश्नावलीमार्फत मूल्यांकन सुरु
काठमाडौँमा आइतबार सार्वजनिक बिदा
काठमाडौँमा आइतबार सार्वजनिक बिदा
कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू
कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू
  तोकिएको समयमा निर्वाचन हुनैपर्छ : बिमलेन्द्र निधि
  तोकिएको समयमा निर्वाचन हुनैपर्छ : बिमलेन्द्र निधि
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाको समयमै समाधान आवश्यक : मन्त्री भण्डारी
सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाको समयमै समाधान आवश्यक : मन्त्री भण्डारी
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
साउदी अरबमा बस दु*र्घटना, मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृ*त्यु
साउदी अरबमा बस दु*र्घटना, मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृ*त्यु
दाङमा सर्पको टोकाइबाट एक जनाको मृ*त्यु
दाङमा सर्पको टोकाइबाट एक जनाको मृ*त्यु